मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

अब सामाजिक न्याय र समृद्धिको पक्षमा मिलेर काम गरौँ : अध्यक्ष दाहाल

अब सामाजिक न्याय र समृद्धिको पक्षमा मिलेर काम गरौँ : अध्यक्ष दाहाल


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा काम गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले समाजवादका निम्ति सामाजिक न्याय र समृद्धिको पक्षमा सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

पूर्वप्रधानमन्त्री दाहालले भने,“मुलुकको आर्थिक विकासका लागि गैरआवासीय नेपालीहरूको भूमिका अतुलनीय छ, अबका दिनमा पनि नेपालको आर्थिक विकासमा तपाईंहरूको भूमिका थप महत्त्वपूर्ण हुने अपेक्षा गरेको छु ।”

उनले आफ्नै नेतृत्वको सरकारले एनआरएनएलाई नागरिकता प्रदान गरेको उल्लेख गर्दै थप हितका निम्ति आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । अध्यक्ष दाहालले गैरआवासीय नेपालीको ज्ञान सीप नेपालको हितमा प्रयोग गर्न आग्रह गरे ।

“एनआरएनसँग निकै ठूलो सञ्जाल, पर्याप्त अनुभव र स्रोतसाधन पनि छ । त्यो नेपालको आर्थिक विकासका निम्ति निकै ठूलो सहयोग पुग्छ ।”

शेयर गर्नुहोस:

108
Shares