मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

विश्वभर रहेका नेपालीलाई पार्टीमा आबद्ध गराएर समृद्धि हासिल गर्ने नीति तय गर्छौं : उपसभापति खड्का

विश्वभर रहेका नेपालीलाई पार्टीमा आबद्ध गराएर समृद्धि हासिल गर्ने नीति तय गर्छौं : उपसभापति खड्का


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

ललितपुर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले विश्वभर रहेका नेपाली नागरिकलाई पार्टीको विभिन्न तहमा आवद्ध गराएर समृद्धि हासिल गर्ने पार्टीको नीति रहेको बताएका छन् ।

नेपाली कांग्रेसको ‘नेपाली जनसम्पर्क समिति समन्वय विभाग’द्वारा बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित ‘प्रवासमा नेपाली : सरकारको दायित्व र जनसम्पर्क समितिको भूमिका’ विषयक अन्तर्क्रियामा उपसभापति खड्काले विगतका कमजोरीलाई स्वीकार गर्दै सुधारेर अगाडि बढ्नुपर्ने बताए ।

Advertisement

“असन्तुष्टिलाई सम्बोधन गरेर काम गर्छौँ, यसले सृजनात्मक भावना पैदा गर्छ, नकारात्मकताले निराशातिर लैजान्छ, निराशा हैन, असन्तुष्टिलाई स्वीकार गर्दै सम्बोधन गरेर समायोजन गरी समृद्धि हासिल गर्न लाग्नुपर्छ, स्थायित्वको अभियान अगाडि बढाउनुपर्छ । कहाँकहाँ कमजोरी छन्, कहाँकहाँ सुधार गर्नुपर्ने छ, त्यहाँ काम गर्छौं, संविधान संशोधन गर्छौं, समृद्ध बनाउँछौँ”, उनले भने ।

उपसभापति खड्काले कांग्रेसको नेतृत्वमा आएको संविधानले परिकल्पना गरेको समानुपातिक, समावेशी, लोकतान्त्रिक व्यवस्था, गणतान्त्रिक पद्दतिलाई जोगाएर देशलाई समृद्ध बनाउनुपर्छ भने । उनले जनसम्पर्क समितिमार्फत झुट्टा प्रचारप्रसार र प्रवृत्ति रोक्दै परिस्थितिको सामना गरी अगाडि बढ्न सहयोग गर्न आग्रह गरे ।

विश्वभर रहेका गैरआवासीय नेपालीलाई समस्या नहुने गरी कानुन निर्माण गरेर संसद्बाट पारित गर्ने उनले प्रतिबद्धता जनाए । उपसभापति खड्काले विदेशमा रहेका नेपालीको जीवन सहज बनाउन र समस्या समाधानमा परराष्ट्र मन्त्रालयले भूमिका निर्वाह गर्दैआएको बताए ।

शेयर गर्नुहोस:

81
Shares