मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

सांसद लिङ्देनले सदनमा माफी माग्नुपर्छ : प्रमुख सचेतक घिमिरे

सांसद लिङ्देनले सदनमा माफी माग्नुपर्छ : प्रमुख सचेतक घिमिरे


शेयर गर्नुहोस:

297
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ गते कोटेश्वरको भाटभटेनी लुटपाट प्रकरणमा नेपाली कांग्रेसका सहमहामन्त्रीका छोराको संलग्नता रहेको भनी दिएको अभिव्यक्ति झूठो भएको भन्दै क्षमायाचना गर्न माग गरेका छन् ।

बैठकको आकस्मिक समयमा प्रमुख सचतेक घिमिरेले नेपाली कांग्रेसको मानमर्दन गरिएको भन्दै लगाइएको आरोपको प्रमाण दिन अथवा क्षमायाचना गर्न माग गरेका हुन् ।

Advertisement

‘राप्रपाका अध्यक्षज्यूले चैत १५ को घटनामा भाटभटेनीमा जो लुटपाट भयो । त्यो लुटपाटमा सत्तारुढ दलका सहमहामन्त्रीका छोरा संलग्न रहेको प्रमाण छ । भिडियो फुटेज छ । पक्राउ गरियो र छोडियो भन्नुभयो’, घिमिरेले स्मरण गरे । उनले सांसद् लिङ्देनको अभिव्यक्ति ‘रेकर्ड’बाट हटाउन सभामुखसमक्ष आग्रह गरे ।

सत्तारुढ दलमा सहमहामन्त्री भन्ने पद कांग्रेसमा मात्रै रहेको उल्लेख गर्दै उनले लिङ्देनले कांग्रेसलाई नै इंकित गरेको बताए । उनले अगाडि भने, ‘कुनचाहिँ सहमहामन्त्रीको छोराले रक्सीको बोतल बोकेको हो त्यो भन्नुपर्छ । होइन भने क्षमा याचना गर्नुपर्छ र उहाँको भनाइ संसदीय रेकर्डबाट हटाउनुपर्छ।’

गत चैत १५ गते राजतन्त्र पक्षधरहरूले तीनकुनेमा प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रदर्शनकारीले कोटेश्वरको भाटभटेनीमा लुटपाट गरेका थिए। उक्त कार्यमा सत्तारुढ दलका सहमहामन्त्रीका छोरासमेत संलग्न रहेको र पक्राउ परेको राप्रपाका अध्यक्ष लिङ्देनले आरोप लगाएका थिए ।

यही वैशाख १२ गते प्रतिनिधिसभाको बैठकमा बोल्दै लिङ्देनले सहमहामन्त्रीका छोरा पक्राउसमेत परेको र नेताको छोरा भन्ने थाहा पाएपछि छाडिएको बताएका थिए ।

शेयर गर्नुहोस:

297
Shares