मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

राप्रपाका अध्यक्ष लिङ्देनसहित तीन जना सिंहदरबारबाट पक्राउ

राप्रपाका अध्यक्ष लिङ्देनसहित तीन जना सिंहदरबारबाट पक्राउ

हिमालय खबर

शेयर गर्नुहोस:

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित तीन जना नेता सिंहदरबाट पक्राउ परेका छन् । सिंहदरबारभित्रै प्रदर्शन गरेपछि राप्रपा नेताहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । राप्रपाले निषेधित क्षेत्र तोकिएको माइतीघर बिजुलीबजारमा प्रदर्शन गरेको थियो ।

प्रहरीले राप्रपा अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीलाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकालीमा राखिएको छ ।

प्रदर्शनस्थलमा जानुअघि सिंहदरबारमा रहेको पार्टीको संसदीय दलको कार्यालयमा नेताहरू जम्मा भएका थिए । संसदीय दलको कार्यालयमा जाँदा अस्वाभाविक प्रहरी परिचालन गरिएको राप्रपाको आरोप छ ।

सरकारले निषेधित घोषणा गरेका क्षेत्रहरूमा प्रदर्शन गर्न नपाइने प्रावधानबीच राप्रपाका नेताहरू सिंहदरबार र बानेश्वरतर्फ उत्रिएका थिए । प्रहरीले उनीहरूलाई सुरक्षाको दृष्टिले नियन्त्रणमा लिएको जनाएको छ ।