मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

माओवादी केन्द्रको जागरण अभियान नवलपुरबाट पुनः सुरू

माओवादी केन्द्रको जागरण अभियान नवलपुरबाट पुनः सुरू


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान’ नवलपुरको गैँडाकोटबाट सुरू भएको छ । झापाबाट सुरू भएको अभियान गत चैत ८ मा चितवन पुगेर स्थगित गरिएको थियो ।

अभियानका लागि सोमबार साँझ नै माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको टोली गैँडाकोट आइपुगेको थियो । नयाँ वर्षको अवसर पारेर नवलपुरबाट पुनः अभियान सुरू गरिएको अध्यक्ष दाहालले बताए । गैँडाकोटबाट अभियान पुनः सुरू गर्न पाउँदा खुसी लागेको अध्यक्ष दाहालको भनाइ थियो ।

Advertisement

अध्यक्ष दाहालसहितको टोलीले मंगलबार बिहान गैँडाकोट–४ को गैँडाकोट पम्पिङ स्किम खानेपानीबाट अभियानको सुरूआत गरेको छ । उक्त टोलीले यहाँ करिब पाँच किलोमिटर ‘मर्निङ वाक’ गरेको माओवादी केन्द्र गैँडाकोट नगर समितिका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए । अभियानका क्रममा अध्यक्ष दाहालले गैँडाकोट–८ स्थित लखन चोकमा रहेको नेपालका प्रथम सहिद लखन थापाको सालिकमा माल्यार्पण गरेका थिए ।

अभियानका क्रममा अध्यक्ष दाहालले नगरपालिकाभित्र रहेका पार्टीनिकट सहिद परिवार, शुभेच्छुकलगायतका व्यक्तिहरुसँगसमेत भेटघाट र कुराकानी गरेका थिए । माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुन पनि अभियानमा सहभागी छन् ।

अध्यक्ष दाहालले अभियानअन्तर्गत मंगलबार दिउँसो देवचुली नगरपालिकाको रजहर, जिल्ला सदरमुकाम कावासोतीलगायतका स्थानमा सम्बोधन गरेको थियो ।

अभियानका क्रममा नवलपुरकेन्द्रित कार्यक्रम भएको नगरअध्यक्ष अधिकारीले जानकारी दिए । जनतासँग माओवादी हुलाकी मार्गकेन्द्रित तराई–मधेस जागरण अभियान कञ्चनपुर पुगेर समापन गर्ने तयारी गरिएको छ ।

शेयर गर्नुहोस:

162
Shares