मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
अमेरिका समाचार   

टेक्ससको युटीएमा अध्ययनरत २७ अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द

टेक्ससको युटीएमा अध्ययनरत २७ अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द

नेपाली विद्यार्थीहरूमा पनि चिन्ता


शेयर गर्नुहोस:

16.6k
Shares

  • change font
  • change font
  • change font

टेक्सस — अमेरिकी संघीय सरकारले हालै गरेको कडाइका कारण टेक्सासस्थित युनिभर्सिटी अफ टेक्सास एट आर्लिंग्टन (युटिए) का २७ अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरिएको छ। यस घटनाले नेपाली विद्यार्थीहरूमा समेत गहिरो चिन्ता उत्पन्न गराएको छ, युटिएमा उल्लेख्य संख्यामा नेपाली विद्यार्थीहरू अध्ययनरत छन्।

युटिएका अध्यक्ष जेनिफर काउलीले आफ्न विद्यार्थीहरुको  भिसा  किन रद्द गरियो भन्ने  कारणहरूबारे आफुलाई जानकारी नभएको बताइन्। उनका अनुसार, विश्वविद्यालयले प्रभावित विद्यार्थीहरूसँग सम्पर्क गरी आवश्यक जानकारी र समर्थन प्रदान गर्ने प्रयास गरिरहेको छ। भिसा रद्द गरिएका विद्यार्थीहरु कुन देशका थिए भनेर युटिएले जानकारी भने दिएको छैन ।  अन्तर्राष्ट्रिय शिक्षा कार्यालयका कर्मचारीहरू विद्यार्थीहरूको स्थिति परिवर्तनहरू पहिचान गर्न दैनिक रूपमा विद्यार्थी तथा विनिमय आगन्तुक सूचना प्रणाली (सेभिस) अनुगमन गरिरहेका छन्।

Advertisement
ADVERTISEMENT
तस्बिर: युटिए अध्यक्ष जेनिफर काउलीले आफ्ना विद्यार्थीहरुलाई पठाएको सन्देश

 

हाल उपलब्ध तथ्यांक अनुसार, सन् २०२२ मा युटिएमा ४,४९६ अन्तर्राष्ट्रिय स्नातक तहका विद्यार्थीहरू थिए, जसमा नेपाली विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो। नेपाली विद्यार्थीहरूको लागि युटिए एक प्रमुख गन्तव्य मानिन्छ, र यहाँको नेपाली विद्यार्थी संघ (नेपलिज  स्टुडेन्टस एसोसियसन ) सक्रिय रूपमा क्रियाशील छ।

भिसा रद्द गर्ने निर्णयहरू प्रायः अस्पष्ट कारणहरूमा आधारित छन्, जसमा साना ट्राफिक उल्लंघनदेखि सामाजिक सञ्जालमा गरिएको पोस्टहरू समेत समावेश छन्। यसले अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा असुरक्षा र अनिश्चितता बढाएको छ।

नेपाली विद्यार्थीहरूले आफ्नो भिसा स्थिति नियमित रूपमा जाँच गर्नुपर्ने र कुनै पनि परिवर्तन भएमा तुरुन्तै विश्वविद्यालयको अन्तर्राष्ट्रिय शिक्षा कार्यालय वा आप्रवासन कानूनी सल्लाहकारसँग सम्पर्क गर्नु पर्ने कानुन ब्यबसायि बासु फुलारा बताउँछन् ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि अमेरिका एक प्रमुख शैक्षिक गन्तव्य हो। तर, यस्ता घटनाहरूले भविष्यमा विद्यार्थीहरूको अमेरिका अध्ययन गर्ने निर्णयमा असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

शेयर गर्नुहोस:

16.6k
Shares