मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

तीनकुने घटनाको न्यायिक छानबिन हुनुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

तीनकुने घटनाको न्यायिक छानबिन हुनुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहको प्रदर्शनमा भएको हिंसात्मक घटनाको न्यायिक छानबिन हुनुपर्ने बताएका छन् ।

समाजवादी प्रेस सङ्गठन झापाले आइतबार विर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता खनालले उक्त घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको महत्त्वाकाङ्क्षा, पूर्वपञ्चहरूको दिवास्वप्न र सरकारको दमन दोषी रहेको धारणा व्यक्त गरे ।

“एकतर्फी कसैलाई दोष देखाएर सरकार पनि उम्किन मिल्दैन”, पूर्वप्रधानमन्त्री खनालले भने, “घटनामा तीनैवटा पक्ष दोषी छन् । त्यसको छानबिन हुनुपर्छ ।” उक्त दिनको सुरक्षा व्यवस्था फितलो र आन्दोलनकारी अराजक भएका कारण अप्रिय घटना हुन पुगेको उनको विश्लेषण थियो ।

सम्मानित नेता खनालले २०८४ सालको चुनावअघि नै कम्युनिस्ट शक्तिहरुबीच एकता हुनुपर्नेमा जोड दिए । “वामपन्थी एकताको विकल्प छैन । टाउको जोड्ने र अङ्कमाल गर्नेमा एकतालाई सीमित गरिनु हुँदैन । अब हुने एकता नीति, सिद्धान्त र कार्यदिशा निर्धारण गरेर हुनुपर्छ”, उनले भने ।