मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

राजतन्त्र पुनःस्थापित गर्ने प्रयास व्यर्थ हुनेछ : उपप्रधानमन्त्री पौडेल

राजतन्त्र पुनःस्थापित गर्ने प्रयास व्यर्थ हुनेछ : उपप्रधानमन्त्री पौडेल

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजतन्त्र पुनःस्थापित गर्ने प्रयास व्यर्थ हुने बताएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले राजतन्त्रले आफ्नो उपादेयता आफैँ समाप्त गरिसकेकाले अब नेपालमा कहिल्यै राजतन्त्र नफर्किने जिकिर गए ।

उपप्रधानमन्त्री पौडेलले २०५८ सालको दरबार हत्याकाण्डपछि नै राजतन्त्रको औचित्यमाथि प्रश्न उठ्न थालेको उल्लेख गर्दै जनआन्दोलनपछि राजतन्त्र समाप्त भएको स्पष्ट पारे । राजसंस्थाको पुनरुत्थानको पक्षमा भइरहेका गतिविधिप्रति कटाक्ष गर्दै उनले भने, “राजतन्त्र ब्यँुताउनु भनेको श्मशानघाटबाट मुर्दा फर्काउनुजस्तै हो ।”

अर्थमन्त्री पौडेलले शुक्रबारको प्रदर्शनलाई सङ्केत गर्दै राजतन्त्रका हिमायतीहरूको वास्तविक चरित्र उदाङ्गो भइसकेको बताए । “यिनीहरू लुटपाट, हत्या र हिंसाको पक्षमा छन्, त्यो मुखुण्डो उत्रिसकेको छ । अब यिनीहरूलाई ठीक ढङ्गले चिन्न जरूरी छ”, उनले भने ।

लोकतन्त्रको रक्षा गर्न सरकार दृढ रहनुपर्नेमा जोड दिँदै अर्थमन्त्री पौडेलले जनताका आशा र अपेक्षालाई ठीक ढङ्गले पूरा गर्न सरकार खरो रूपमा उभिने र यसमा सबै पक्षबाट योगदान आवश्यक रहेको बताए ।