मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

रवीन्द्र मिश्र र धवल शमशेरलाई पाँच दिन हिरासतमा राख्न अनुमति

रवीन्द्र मिश्र र धवल शमशेरलाई पाँच दिन हिरासतमा राख्न अनुमति

हिमालय खबर

शेयर गर्नुहोस:

270
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा भएको घटनामा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ अदालतले अनुमति दिएको छ।

राजाबाजीको आइतबारको हिंस्रक घटनापछि पक्राउ परेकालाई म्याद थपका लागि प्रहरीले अदालतमा हाजिर गराएको थियो । काठमाडौँ जिल्ला अदालतले रवीन्द्र मिश्र र जबरासहित ११ जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

उनीहरूलाई राज्यविरुद्धको अपराधको आरोपमा मुद्दा चलाएको छ । त्यस्तै, अन्य ३० जनालाई अपराधीक उपद्रो मुद्दामा चार दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडौँ अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए ।

अदालतले कानुन व्यवसायी स्वागत नेपाललाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ ।