मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

प्रजातान्त्रिक विचार समाजद्वारा तीनकुने घटनाको भर्त्सना, दोषीलाई कारबाही गर्न माग

प्रजातान्त्रिक विचार समाजद्वारा तीनकुने घटनाको भर्त्सना, दोषीलाई कारबाही गर्न माग


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रजातान्त्रिक विचार समाजले पूर्वराजाका समर्थकद्वारा विरोध कार्यक्रमका नाममा काठमाडौँको तीनकुने क्षेत्रमा घटाइएको तोडफोड, आगजनी, लुटपाटजस्ता अराजक तथा हिंसात्मक गतिविधिको भर्त्सना गर्दै सो घटनामा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेको छ ।

समाजले आज एक प्रेस विज्ञप्ति जारीगरी शान्तिपूर्ण विरोध प्रदर्शनका माध्यमबाट संविधानसम्मत माग राख्न पाउने लोकतान्त्रिक मूल्य, मान्यताविपरीत रचिएको अराजक गतिविधि भत्र्सना लायक र दण्डनीय रहेको ठहरगरी संलग्न पक्षलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको हो ।

Advertisement

यसैगरी एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको मृत्युप्रति दुःख व्यक्त गर्दै कान्तिपुर टिभी, अन्नपूर्ण पोष्ट, हिमालय टिभीको भवनसहित विभिन्न सवारीसाधनमाथि भएको आक्रमण, तोडफोड, आगजनी एवं लुटपाटजस्ता घटना घटाउन भूमिका निर्वाह गर्ने पक्षलाई पनि कारबाही गर्न माग गरिएको छ ।

समाजको केन्द्रीय समिति, गण्डकी प्रदेशका जिल्ला समितिका अध्यक्षहरु, पदाधिकारी तथा प्रतिनिधि र कास्की शाखा समितिलगायत समाजका केही आजीवन सदस्यहरु समेतको उपस्थितिमा पोखरामा गत शुक्रबार सम्पन्न संयुक्त बैठकले सरकार, लोकतन्त्रप्रति प्रतिबद्ध राजनीतिक दल, प्रशासनिक संयन्त्र र लोकतन्त्रको जगमा स्थापित भएका तमाम सङ्घ, सङ्गठनहरुलाई आफ्नो भूमिका, मुलुकको प्रगति एवं प्राप्त स्वतन्त्रता र जनताका पक्षमा इमान्दार हुन आग्रह गरेको अध्यक्ष कुलचन्द्र वाग्ले र महासचिव वासुदेव भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शेयर गर्नुहोस:

108
Shares