मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

प्राधिकरणबाट घिसिङलाई हटाइएकामा माओवादी केन्द्रको विरोध

प्राधिकरणबाट घिसिङलाई हटाइएकामा माओवादी केन्द्रको विरोध


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध गरेको छ ।

पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले आज एक विज्ञप्ति जारी गरी कार्यकारी निर्देशकबाट घिसिङलाई हटाउने निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

Advertisement

“निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास सिर्जना गर्ने उद्देश्यले गरिएको छ । यस प्रकारको निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी जोडदार माग गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

घिसिङलाई हटाउने निर्णय गरेसँगै पार्टीबारे पनि प्रायोजित दुष्प्रचार गरिएको भन्दै माओवादी केन्द्रले आपत्ति जनाएको छ । विज्ञप्तिमा उल्लेख छ, “बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलापसम्बन्धी आयोग गठन गर्ने सहमतिसँग जोडेर पार्टी अध्यक्षप्रति गरिएको दुष्प्रचारलाई पार्टी खारेज गर्दछ ।’

आमनागरिकमा भ्रम सिर्जना गर्ने यस्ता दुष्प्रचार तत्काल बन्द गर्न चेतावनी दिँदै यस प्रकारका दुष्प्रचारबाट भ्रमित नहुन माओवादी केन्द्रको सबैमा आग्रह छ ।

शेयर गर्नुहोस:

108
Shares