मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
मुख्य समाचार   
राजनीति-समाज   

रास्वपा सांसदद्वयको अभिव्यक्तिप्रति डा केसीको आपत्ति, कानुनी उपचारमा जाने

रास्वपा सांसदद्वयको अभिव्यक्तिप्रति डा केसीको आपत्ति, कानुनी उपचारमा जाने


शेयर गर्नुहोस:

513
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा केदारनरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद्हरुले सार्वजनिक जग्गासँग नाम जोडेर आफ्नो चरित्रहत्या गर्न खोजेको आरोप लगाएका छन् ।

उनले पत्रकार सम्मेलन गरी गत फागुन २८ मा प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठले दिएको अभिव्यक्ति राजनीतिक पूर्वाग्रहका साथ आएको बताएका हुन् ।

Advertisement

“साबिक मनमैजु गाविस वडा नं ९ हाल तारकेश्वर नगरपालिका वडा नं-१० लोकतान्त्रिक चोकमा रहेको कित्ता नं ६१ र ६२ मेरो तथा मेरो परिवारका नाममा र कित्ता नं ६३ सार्वजनिक जग्गा हो, मलाई सरकारी जग्गा एक कित्ता पनि चाँहिदैन, मेरो चरित्रहत्या गर्ने मनसायका साथ संसद्मा आवाज उठाउँदा म दुःखित भएको छु”, डा केसीले भने ।

उनले संसद्को अभिव्यक्तिले आफ्नो राजनीतिक चरित्रहत्या भएको भन्दै कानुनी उपचारमा जानेसमेत स्पष्ट पारे । डा केसीले आधार र प्रमाणबिना कपोलकल्पित र भ्रमपूर्ण प्रश्न संसद्मा उठ्नु गलत भएकोसमेत बताए ।

पत्रकार सम्मेलनमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले स्थानीय जनप्रतिनिधिसँग समन्वय नगरी व्यक्तिगत चरित्रहत्या र मानहानी हुने हिसाबले संसद्मा कुरा उठाउनु गलत भएको बताए ।

नगरप्रमुख महर्जनले सार्वजनिक जग्गा संरक्षणका लागि तारकेश्वर नगरपालिका लागिरहेको भन्दै राजनीतिक पूर्वाग्रह राखेर आमनागरिकलाई भ्रम फैलाउने काम जनप्रतिनिधिबाटै भइरहेकोमा चिन्ता व्यक्त गरे ।

“म सङ्घीय सांसद् र प्रदेश सांसद्हरुलाई भन्न चाहन्छु, आउनुहोस् सार्वजनिक जग्गा कहाँ कहाँ मिचिएको छ बसेर नापजाँच गरौँ”, नगरप्रमुख महर्जनले भने । भूगोल नभएको कुरालाई लिएर संसद्मा प्रस्तुत हुनु गलत भएको उनको भनाइ थियो ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी, नेकपा (एमाले)का नेता लब बस्नेत, कांग्रेसका नेता इन्द्रमान महर्जन, तारकेश्वर वडा नं १० का वडाध्यक्ष कुमार राईलगायतले लालपुर्जाले प्रष्ट पारिसकेको विषयमा संसद्जस्तो जिम्मेवार थलोमा बोल्नुले संसदको गरिमा घटाएको बताएका थिए ।

शेयर गर्नुहोस:

513
Shares