मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

लोकतन्त्रविना जनताको स्वतन्त्रता सुदृढ हुँदैन : सांसद् विष्ट

लोकतन्त्रविना जनताको स्वतन्त्रता सुदृढ हुँदैन : सांसद् विष्ट

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद गोकर्ण विष्टले लोकतन्त्रविना जनताको स्वतन्त्रता सुदृढ हुन नसक्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले राजा फर्काउने प्रयत्नको कुनै औचित्य नरहेको बताए ।

सांसद विष्टले भने, ‘समाप्त भएको राजतन्त्रलाई फर्काउने कोसिस भइरहेको छ । लोकतन्त्र चाहने शक्तिका लागि यो कदापि स्वीकार्य हुन सक्दैन।’ अराजकता र अस्थिरता निम्त्याउने गतिविधि भइरहेको उल्लेख गर्दै उनले राजतन्त्र मूलधारको राजनीति हुन नसक्ने टिप्पणी गरे ।

जनताको लामो आन्दोलनपछि लोकतान्त्रिक अभ्यास प्राप्त गरेको भन्दै सांसद विष्टले संवैधानिक मर्यादाभित्र रहेर सही ढंगले प्रयोग गर्न सकिएन भने देश अघि बढ्न नसक्ने बताए । लोकतन्त्र प्राप्तिका लागि सहकार्य तथा योगदान गर्ने शक्तिले सहिदको बलिदानीबाट प्राप्त उपलब्धिलाई जोगाउन गम्भीरताका साथ समीक्षा र हातेमालो गर्न जरुरी रहेको उनको भनाइ छ ।

सांसद विष्टले युवामा आश जगाउने गरी तीव्र ढंगले विकास हुन नसकेको उल्लेख गरे । तर, देशमा केही नै भएको छैन भनेर भाष्य पैदा गरेर अराजकता सिर्जना गर्ने र मुलुकलाई प्रतिगमनतिर लैजाने प्रयत्न भइरहेको उनको आरोप थियो ।