मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संसद्को भूमिका प्रभावकारी बनाउनुपर्नेमा राष्ट्रपतिको जोड

संसद्को भूमिका प्रभावकारी बनाउनुपर्नेमा राष्ट्रपतिको जोड


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीयता, सुशासन र विधिको शासनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । त्यस निम्ति उनले सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसद्को भूमिका प्रभावकारी हुनुपर्ने बताए ।

राष्ट्रपति कार्यालयमा आयोजित अन्तरव्यवस्थापिका मञ्चको पोखरा घोषणापत्र हस्तान्तरण कार्यक्रममा राष्ट्रपति पौडेलले भने ‘सङ्घीयता, सुशासन र विधिको शासनलाई सुदृढ बनाउन सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसद्को भूमिका अझ प्रभावकारी बनाउने दायित्व तपाईंहरुको काँधमा छ ।’

राष्ट्रपति पौडेलले कतिपय महत्वपूर्ण निर्माणमा विलम्ब भएको र संसद्मा जनसरोकारका विषयमा पर्याप्त छलफल नभएको गुनासो सार्वजनिक भइरहेको सन्दर्भमा संसद्को नेतृत्वकर्ताका हैसियतलले यो अवस्थालाई हटाएर संसद्लाई सार्वभौम जनताको आवाज मुखरित हुने थलोको रुपमा विकास गर्न सरकारलाई सुझाए ।

उनले भने ‘संसदीय अभ्यासबाट सिक्ने अवसरलाई आत्मसात् गर्दै आगामी दिनमा पनि सक्षम, जवाफदेही र जनउत्तरदायी संसद् निर्माण गर्न तपाईंहरूबाट अतिरिक्त तत्परताको अपेक्षा गरेको छु ।’

संसद्ले प्रभावकारी कानुन निर्माण, बजेट निर्माण, नीति निर्धारण र जनताका आवाज बुलन्द बनाउने थलोका रूपमा आफूलाई उभ्याउनुपर्ने विचार व्यक्त गरेको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ । सङ्घीय संसद्ले समावेशी, दीर्घकालीन र विकासमैत्री कानुनी संरचना निर्माण गर्नुपर्ने राष्ट्रपति पौडेलको धारणा थियो ।

उनले भने ‘कानुन निर्माण तथा पारदर्शिता लोकतान्त्रिक व्यवस्थाको सुन्दर पक्ष हो । अतःसंसद्को भूमिकालाई अझै मजबुत बनाउँदै सङ्घीयताको सफल कार्यान्वयनका लागि तपाईंहरुको सहयोग अपरिहार्य छ ।’

शेयर गर्नुहोस:

54
Shares