मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा सरकार संवेदनशील छ : गृहमन्त्री

शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा सरकार संवेदनशील छ : गृहमन्त्री


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गरी जनतालाई अनुभूत हुनेगरी शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा सरकारले गम्भीर र संवेदशनशील ढङ्गबाट काम गरिरहेको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै सीमित स्रोत र साधनको उपलब्धताका बीच कार्यसम्पादन गर्नुपरेको उल्लेख गरे । उनले भने, ‘सबैको साथ र सहयोगबाट उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गरी जनतालाई अनुभूत हुनेगरी शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा गृहमन्त्रालयले गम्भीर र संवेदनशील ढङ्गबाट काम गरिरहेको छ ।’

Advertisement

उनले आफूले गृहमन्त्रीका रुपमा पदबहाली गर्ने समयमा मन्त्रालयका काम इमान्दारिता र निष्ठापूर्वक गर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै मन्त्री भइसकेपछि धेरै नीतिगत र कानुनी सुधारका कामहरु भएको जानकारी गराए । ‘यहाँहरूको सल्लाह, सुझाव र चासो मेरो कार्यसम्पादनका लागि मार्गदर्शक बनेका छन्, यहाँहरूबाट शान्ति सुरक्षा, सेवा प्रवाह, विपद् व्यवस्थापनलगायत विषयमा सुधारका लागि व्यक्त गर्नुभएका भावना र मैले हाल गरिरहेको कार्यसम्पदाको भावनाको गति समान छ’, मन्त्री लेखकले भने ।

उनले नेपाल प्रहरी विधेयक, सशस्त्र प्रहरी बल नेपाल विधेयक, नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकहरू संसद्को सम्पत्ति बनिसकेको बताउँदै कतिपय नीतिगत र कानुनी सुधार गर्नुपर्ने अन्य कानुनका सन्दर्भमा जतिसक्दो चाँडो संसद्मा पेस गर्ने गरी सरोकारवालाको सुझावका आधारमा आवश्यक छलफल भइरहेको जानकारी दिए ।

मन्त्री लेखकले भने, ‘विपत् व्यवस्थापनमा मनसुनजन्य विपत् एवं भूकम्पका कारण क्षतिग्रस्त संरचनाको पुनःनिर्माणले लय समातेको छ, नेपालको संविधान तथा कानुनद्वारा प्रत्याभूत नागरिक स्वतन्त्रता, विधिको शासन, मानव अधिकारलगायत लोकतान्त्रिक मूल्यमान्यतालाई सम्मान गर्ने गरी कानुन कार्यान्वयनमा गृह मन्त्रालयअन्तर्गतका संयन्त्रहरू निष्पक्षरुपमा परिचालन गरिएको छ ।’

राष्ट्रियसभाको शून्य समयमा सांसद सुरेशकुमार आले मगरले भूतपूर्व गोर्खा सैनिकहरूको वंशजको नागरिकतालाई निरन्तरता दिनुपर्ने माग गरे । उनले भने, ‘भूतपूर्व गोर्खा सैनिकहरूको वंशजको नागरिकतालाई एनआरएनलाई जस्तै निरन्तरता नदिने भन्ने कुराहरू भइरहेको छ, सायद कानुन पनि सोहीअनुरूप बनेको छ, तर भूतपूर्वहरू वंशजको नागरिकताको निरन्तरता चाहन्छन्, त्यसैले यो विषयलाई सम्वोधन गरियोस् ।’

भूतपूर्व गोर्खा सैनिकहरूको पेन्सन र तलब समान भए पनि वंशजको नागरिकता पाउने विषय कार्यान्वयन नभएको उनको भनाइ छ । उनले पृथ्वी राजमार्गअन्तर्गत मुग्लिनदेखि पोखरासम्मको सडक निर्माणमा ढिलाइ भएकामा सरकारको ध्यानाकर्षण गराए । ‘पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडकखण्ड समयमै सम्पन्न नहुँदा त्यो बाटो भएर ओहोरदोहोर गर्ने गर्ने यात्रुहरूले सास्ती भोग्नुपरेको छ, यसबारेमा सरकारले चासो देखायोस्, उनले भने ।

 

शेयर गर्नुहोस:

81
Shares