मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

रिङ्कुकुमारीको सामूहिक बलात्कार र शंकास्पद मृत्यु प्रकरण : पाँच पञ्चसहित आठ जना नियन्त्रणमा

रिङ्कुकुमारीको सामूहिक बलात्कार र शंकास्पद मृत्यु प्रकरण : पाँच पञ्चसहित आठ जना नियन्त्रणमा


शेयर गर्नुहोस:

270
Shares

  • change font
  • change font
  • change font

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटना प्रकरणको अनुसन्धानका लागि प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ ।

पञ्चायत बसेर पीडित परिवारलाई घटना ढाकछोप गर्न र लेनदेनमा मुद्दा मिलाउन दबाब दिने तथा प्रत्यक्षदर्शी गरी आठ जनालाई नियन्त्रणमा लिइएको छानबिन समितिका संयोजक वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

Advertisement

नियन्त्रणमा रहेकाविरुद्ध जाहेरी नपरेको र घटना दबाउन पीडित परिवारलाई आर्थिक प्रलोभन दिएको पुष्टि भए सोहीअनुसार कारबाही हुने उनले बताए ।

गत माघ २७ मा शौच गर्न गएकी रिङ्कुलाई अपहरण गरी तीन युवाले बलात्कार गरी अचेत अवस्थामा घर पुर्‍याएको बताइएको छ । उनले आफूमाथि बलात्कार गरेको रिङ्कुले बताएकी थिइन् । घटना मिलाउन गाउँमै पञ्चायत भएको थियो । त्यसको भोलिपल्ट माघ ३० मा रिङ्कु घरमै झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

सुरूमा इलाका प्रहरी कार्यालय लहानले आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अघि बढाएकामा सामूहिक बलात्कार भएको समाचार सार्वजनिक भएपछि मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति बनाएको छ ।

पीडित परिवारले बलात्कारका तीन आरोपी र पञ्चायतमार्फत दबाब दिने पाँच पञ्चसहित आठ जनामाथि गत बिहीबार कर्तव्य ज्यान, जबरजस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चारवटा शीर्षकमा पुरक जाहेरी दिएका छन् । जाहेरीमा किटान गरिएका व्यक्ति भने कोही पनि पक्राउ परेका छैनन् ।

रिङ्कुको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइए पनि हालसम्म रिपोर्ट नआएको वरिष्ठ प्रहरी उपरीक्षक कोइरालाले बताए ।

शेयर गर्नुहोस:

270
Shares