मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

आगामी चुनावअघि नै कांग्रेसको महाधिवेशन गर्नुपर्छ : नेता डा कोइराला

आगामी चुनावअघि नै कांग्रेसको महाधिवेशन गर्नुपर्छ : नेता डा कोइराला


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font
  • change font

सुर्खेत । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनअघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

सुर्खेतमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता डा कोइरालाले भने, “अहिले कांग्रेस पूरै संस्थापन पक्ष हो । हामी सबै एउटै हो । कांग्रेसको विधानअनुसार समयमै महाधिवेशन गर्नुपर्छ । चुनावपछि महाधिवेशन गरे पार्टी कमजोर हुन्छ ।”

Advertisement

नेता डा कोइरालाले आगामी महाधिवेशनमा आफू सभापति पदको उम्मेदवारका रुपमा अघि बढेको बताए । उनले भने, “सबै एकजुट भएर अगाडि बढ्नुपर्ने अवस्था आएको छ । सरकार पनि यसमा गम्भीर बन्नुपर्छ ।”

अहिलेको सत्ता गठबन्धनले सात बुँदे समझदारी गरेको तर त्यो कार्यान्वयन हुन नसकेको नेता डा कोइरालाको भनाइ थियो । दुई ठूला दल मिले निरङ्कुुशता हुन्छ भन्ने कुरा गलत भएको उनले बताए । कांग्रेस सत्तामा भए पनि आफूहरुले खबरदारी गरिरहेको उनले बताए ।

शेयर गर्नुहोस:

0
Shares