मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

राष्ट्र निर्माणमा सबैको सहभागिता जरूरी छ : उपप्रधानमन्त्री सिंह

राष्ट्र निर्माणमा सबैको सहभागिता जरूरी छ : उपप्रधानमन्त्री सिंह

हिमालय खबर

शेयर गर्नुहोस:

135
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले राष्ट्र निर्माणको प्रक्रियामा सबैको सहभागिता आवश्यक पर्ने बताएका छन् । मनास्लु वल्ड स्कुलले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कुनै पनि विकसित देश एकैदिनमा नबनेको बताएका हुन् ।

‘रोम वाज नट बिल्ट इन अ डे’ भनेजस्तै अहिलेका विकसित देश अमेरिका,बेलायतसहितका देशहरू बन्न वर्षौँ लागेको चर्चा गर्दै उनले समृद्ध नेपाल बनाउने अभियान अघि बढिरहेको भन्दै चाहेजस्तो देश बनाउन केही समय लाग्ने र त्यसमा सबै नेपालीको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे ।

उनले अहिले व्यवस्था परिवर्तन भयो तर अवस्था फेरिएन भनेर गलत भाष्य बनाइएको भन्दै प्रजातन्त्र प्राप्ति पछि सबै क्षेत्रमा ठुलो परिवर्तन भएको दाबी गरे । खागसरि युवापुस्तामा नेपालमा बसेर के हुन्छ भन्ने गलत भाष्य बनाइएको भन्दै अहिले देशमै गुणस्तरीय शिक्षा पाउने अवस्था बनेकाले देशभित्रै अवसर खोज्न युवाहरूलाई आग्रह गरे ।

कडा मेहनत र परिश्रम विना लक्ष्य प्राप्ति गर्न असम्भव रहेको भन्दै विद्यार्थीहरूले अध्ययनमा लगनशील हुनुपर्ने उनको सुझाव थियो । उनले देशमै अवसर भएको भन्दै त्यसको सदुपयोग गर्ने सोच विकास गर्न आवश्यक रहेको पनि बताए ।

‘गुणस्तरीय शिक्षा मात्र सबै थोक होइन । सम्पूर्ण व्यक्तित्व विकासमा ध्यान दिनुस् । क्षमता भएर मात्रै हुँदैन । कडा मेहनत र अनुशासन विना केही हुनेवाला छैन,’ उपप्रधानमन्त्री सिंहले भने,‘ ‘व्यापार,उद्योग,शिक्षा,खेलकुद,सामाजिक काम, कलासँस्कृति जुनसुकै क्षेत्रमा क्षमता र मेहनत भयो भने तपाईँलाई समाजले पहिचान गर्छ भन्नेमा दुई मत नराख्नुस् । नेपालमै बसेर गुणस्तरीय शिक्षा पाउन सकिन्छ र त्यसपछि पनि यहीँ बसेर आफ्नो क्यारियर डेभलपमेन्ट गर्न सकिन्छ ।’ उनले मानिस कुनै क्षेत्रमा सफल भए पनि उसले समाजलाई के योगदान गर्यो भन्ने आधारमा मूल्याङ्कन हुने भन्दै असल व्यक्ति हुने कुरामा ध्यान दिन सुझाव दिए ।