मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
अमेरिका समाचार   

टेक्सासको राजधानी अस्टिनबाट नेपाली विद्यार्थी देशनिकाला (भिडियो सहित)

टेक्सासको राजधानी अस्टिनबाट नेपाली विद्यार्थी देशनिकाला (भिडियो सहित)

उनि अस्टिनमा रहेको ग्यास स्टेशनमा अवैध रूपमा काम गरिरहेका थिए


शेयर गर्नुहोस:

97k
Shares

  • change font
  • change font
  • change font

अमेरिका, टेक्सास – अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (ICE) ले अध्यागमन उल्लङ्घन गर्नेहरूमाथि कडा निगरानी राख्दै कारबाही तीव्र बनाएपछि ह्युस्टन–टिल्लोट्सन विश्वविद्यालयमा अध्यानरत एक नेपाली विद्यार्थीलाई पक्राउ गरि देशनिकाला गरिएको छ। स्रोतका अनुसार उनि अस्टिन टेक्सासमा रहेको ग्यास स्टेशनमा  अवैध रूपमा काम गरिरहेका थिए, जसका कारण उनलाई पक्राउ गरी नेपाल पठाइएको हो।

Advertisement

विद्यार्थीको देशनिकालापछि ह्युस्टन–टिल्लोट्सन विश्वविद्यालयको अन्तर्राष्ट्रिय कार्यालयले सबै विद्यार्थीहरूलाई इमेल पठाएर सतर्क गराएको छ। उक्त इमेलमा विश्वविद्यालयका डिन तथा अन्तर्राष्ट्रिय विद्यार्थी निर्देशकले लेखेका छन्: “एक विद्यार्थीअनुमति बिना कामगरिरहेको भेटिएपछि उनलाईतुरुन्तै देशनिकाला गरियो। यदि तपाईं CPT वाOPT बिना काम गरिरहनुभएको भने, तपाईंअवैध रूपमाकाम गरिरहनुभएको छ। कृपयानियमहरूको पालना गर्नुहोस्, अन्यथा ठूलो जोखिमहुनेछ।

यस घटनापछि विद्यार्थीहरू त्रसित भएका छन्। कतिपय विद्यार्थीहरू विश्वविद्यालयको अन्तर्राष्ट्रिय कार्यालय पुगेर आफ्नो CPT वा OPT अनुमतिबारे जानकारी लिइरहेका छन्, भने केही विद्यार्थीहरूले कानुनी परामर्श लिइरहेका छन्। अबको अवस्थामा, विद्यार्थीहरूले नियमहरूको पालना गर्दै आफूलाई सुरक्षित राख्नुपर्ने आवश्यकता छ। यदि नियम उल्लङ्घन गरेमा अध्यागमन कारबाहीमा पर्नुका साथै भविष्यमा पुनः अमेरिका आउन कठिन हुन सक्छ।

यसैबिच हिमालयखबरसँग कुरा गर्दै अध्यागमन मामिलामा विशेषज्ञ वकिल बासु फुलाराले नेपाली विद्यार्थीहरूलाई अध्यागमन नियमहरूको पूर्ण रूपमा पालना गर्न सुझाव दिएका छन्। उनले भने, विद्यार्थीहरूले कुनै पनि अवैध गतिविधिमा संलग्नहुनु हुँदैन। CPT वा OPT बिना काम गर्नु अध्यागमनकानुनको उल्लङ्घन हो, जसले ठूलो समस्यानिम्त्याउन सक्छ। यदि कुनै विद्यार्थीलाई कानुनी सहयोग वा जानकारी चाहिन्छ भने, उनीहरूले तुरुन्तै आफ्नो विश्वविद्यालयको DSO संग सम्पर्क गर्नु पर्छ।

शेयर गर्नुहोस:

97k
Shares