मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

निलम्बन फुकुवा गरिदिन सभापति लामिछानेद्वारा सभामुख घिमिरेलाई निवेदन

निलम्बन फुकुवा गरिदिन सभापति लामिछानेद्वारा सभामुख घिमिरेलाई निवेदन


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेट गर्दै आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका छन् ।

सभामुख देवराज घिमिरेलाई भेटेर निलम्बन फुकुवा निवेदन बुझाउँदै लामिछानेले आफूमाथि गरिएको निवेदन कानुन सम्मत नभएको भन्दै निलम्बन फुकुवा गरिदिन आग्रह गरेका हुन् ।

Advertisement

लामिछानेले भने,‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम मलाई गरिएको निवेदन कानुन सम्मत नभएको भन्दै आजकै बैठकबाट निलम्बन फुकुवा गरिदिनुस् ।’

सभामुख घिमिरेले लामिछानेलाई विद्यमान कानुन, संसद् नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको बताए ।

उनले भने,‘ मैले विद्यमान कानुन, संसद् नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको हुँ । कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा होइन । हिजो यस पदमा अरु कोही थियो । आज म छु । भोलि अरु कोही हुन सक्छ । तर पदमा रहँदा कानुनको परिपालना गर्नु मेरो दायित्व हो । तपाईंहरूले निवेदन दिनुभएको छ । यो छलफल र परामर्शको विषय हो । आजलाई समय भएन । हामी संसद् सुरू हुने अन्तिम समयमा छौँ ।’

रविले आफ्नो कुरा राखेपछि सभामुखले लामिछानेलाई ‘तपाईंविरुद्ध मुद्दा चलेको होइन र ? भन्दै प्रश्न गरेपछि रविले कानुन व्यवसायीलाई स्पष्ट पार्न भने ।

सभामुखलाई भेट्न रास्वपाका १५ जना सांसद्हरु संसद् सचिवालय पुगेका थिए । रवि प्रवेश गर्नेवित्तिकै सभामुखले तपाईंको स्वास्थ्य के छ भनेर सोधेको संसद् सचिवालयले जनाएको छ ।

शेयर गर्नुहोस:

108
Shares