मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
अमेरिका समाचार   

वासिङ्टन डीसीमा अमेरिकी एयरलाइन्सको विमान हेलिकप्टरसँग ठोक्किँदा पोटोमाक नदीमा खस्यो

वासिङ्टन डीसीमा अमेरिकी एयरलाइन्सको विमान हेलिकप्टरसँग ठोक्किँदा पोटोमाक नदीमा खस्यो

ब्रेकिङ न्युज


शेयर गर्नुहोस:

12k
Shares

  • change font
  • change font
  • change font

वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन वासिङ्टन नेशनल एयरपोर्ट नजिकै अमेरिकी एयरलाइन्सको फ्लाइट ५३४२ र अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर आपसमा ठोक्किँदा दुबै विमान पोटोमाक नदीमा खसेका छन्। संघीय उड्डयन प्रशासनका अनुसार, यो घटना स्थानीय समय अनुसार राति ९ बजे भएको हो। उक्त एयरलाइन्सको विमान विचिटा, कान्सासबाट डीसीतर्फ आउँदै थियो। दुर्घटनाका बेला विमानस्थलको रनवे ३३ मा अवतरण गर्ने क्रममा हेलिकप्टरसँग ठोक्किएको बताइएको छ।

विमानमा ६० यात्रु र ४ चालक दलका सदस्य सवार थिए, भने हेलिकप्टरमा तीन अमेरिकी सैनिकहरू थिए। घटनाको प्रत्यक्षदर्शीका अनुसार, ठोक्किएपछि विमान आगोको मुस्लोसहित नदीमा खसेको देखिएको थियो। दुर्घटनापछि उद्धार टोली तत्कालै सक्रिय भएको छ। हालसम्म घाइते र मृतकहरूको आधिकारिक विवरण आउन बाँकी रहेको छ, तर प्रारम्भिक रिपोर्टहरू अनुसार विमानको ठूलो क्षति भएको अनुमान गरिएको छ।

Advertisement

डीसी फायर एन्ड इमरजेन्सी मेडिकल सर्भिसेज का गोताखोर तथा उद्धार डुंगाहरू घटनास्थलमा पुगेका छन्। रेगन नेशनल एयरपोर्टका सबै उडानहरू स्थगित गरिएको छ, जसका कारण अन्य उडानहरूमा अवरोध भएको छ। यात्रुहरूलाई अन्य विमानस्थलमा डाइभर्ट गरिएको छ भने डिस्ट्रिक्ट अफ कोलम्बिया प्रहरीले घटनास्थललाई पूर्णरूपमा घेराबन्दी गरेर अनुसन्धान सुरु गरिसकेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घटनाबारे जानकारी गराइएको छ। ह्वाइट हाउसका एक अधिकारीले बताएअनुसार, ट्रम्प प्रशासनले घटनाको छानबिन गर्न FAA र राष्ट्रिय यातायात सुरक्षा बोर्ड (NTSB) लाई निर्देशन दिएको छ। यस दुर्घटनालाई अमेरिकी हवाइ इतिहासको गम्भीर दुर्घटनामध्ये एक मानिएको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार, अमेरिकी सैनिक अधिकारीहरूले हेलिकप्टरमा सवार सैनिकहरूको अवस्थाबारे अझै पुष्टि नगरेको बताएका छन्।

यस दुर्घटनाको कारण के थियो भन्ने विषयमा औपचारिक छानबिन सुरु भइसकेको छ। विज्ञहरूले वायु नियन्त्रण टावरको संवाद, मौसम अवस्था, र विमानको प्राविधिक अवस्थाबारे विस्तृत अध्ययन गर्ने बताएका छन्। उद्धार कार्य जारी रहेकोले थप विवरणहरू आउन बाँकि छन् । आमनागरिकहरूलाई घटनास्थल नजिक नजान आग्रह गरिएको छ।

शेयर गर्नुहोस:

12k
Shares