मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   
नेपाल   
मुख्य समाचार   

एनआरएन नागरिकता लिने घटे

एनआरएन नागरिकता लिने घटे


xr:d:DAFHYExYjDY:5,j:31430969528,t:22072500

काठमाडौं- विदेशी नागरिकता भएका नेपालीले लिएको गैर आवसीय नागरिकता (एनआरएन नागरिकता) निकम्मा भए पनि यो लिने क्रम अहिले निकै घटेको छ । एनआरएन नागरिकता लिएकाहरुले पनि लिन नहुने रहेछ भनेर पछुताउन थालेका छन् ।

नागरिकता खोई अभियानका संयोजक वासुदेव घिमिरे भन्छन मैले भेटेका कयौं एनआरएन नागरिकता हुने नेपाली पछुताएका छन् । यस्तो नागरिकता लिने नेपाली तेस्रो दर्जाको नेपाली भएका छन् । पहिलो वंशज, दोस्रो अंगिकृत र तेस्रो दर्जा एनआरएन नागरिकता रहेको उनले वताए ।

करिव ३५ सयले एनआरएन नागरिकता लिएको तथ्यांक छ । एनआरएन नागरिकतावाट राजनीतिक वाहेक सवै अधिकार पाइने संविधानमा राखिए पनि नेपालीले त्यस अनुसार अधिकार पाएका छैनन। बरु उल्टो यस्ता नेपालीको बंशजको नागरिकता समेत गुमेको छ ।

नागरिकता अभियानका घिमिरले भन्छन् अहिले त एनआरएन नागरिकता लिने निकै कम भईसके । नेपाल राज्यले अहिलेको अवस्थामा वंशजको नागरिकतालाई निरन्तरता गर्नु नै देशको हितमा भएको उनले वताए ।
वंशजको नागरिकता निरन्तरता गर्दाका फाइदा र वेफाइदा हर हिसाव गरौं उनले भने देशलाई फाइदा हुदैंन भन्ने प्रमाणित भयो भने नदिदां हुन्छ ।

नागरिकता संवेदनशील विषय हो घिमिरेले भने तर, यहां विना अध्ययन हचुवाका भरमा परम्परागत सोच राखेर वंशजको नागरिकलाई विदेशी वनाईएको छ । नागरिकताको निरन्तरतावाट देशलाई ठुलो आर्थिक फाइदा हुने राष्ट्रियता पनि मबजुत हुने उनले वताए । हामीले विदेशमा गएका र त्यहां आवश्यकताका कारण नागरिकता लिएका वंशजका नेपालीलाई अधिकार विहिन एनआरएन नागरिक वनाएर विदेशीको हितमा काम गरिरहेको छौं उनले भने ।

सरकारले हालै अध्यादेश मार्फत ल्याएको कानुनमा एनआरएन नागरिकता हुनेले १० बर्ष निशुल्क भिसा लिन पाउने उल्लेख छ । नागरिकता हुनेले पनि भिसा लिनु पर्ने त्यो कस्तो नागरिकता हो भन्ने प्रश्न उठिरहेको छ । यस्तो अध्यादेश आए पछि विदेशमा हुने नेपाली आक्रोशित भएका छन् ।