मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

मुख्यमन्त्री पाण्डेद्वारा बालविवाह मुक्त गर्ने प्रतिज्ञापत्रमा हस्ताक्षर

मुख्यमन्त्री पाण्डेद्वारा बालविवाह मुक्त गर्ने प्रतिज्ञापत्रमा हस्ताक्षर


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई बालविवाह मुक्त गर्ने प्रतिज्ञापत्रमा हस्ताक्षर गरेका छन् । बालविवाह मुक्त नेपालका लागि जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल तथा बेस नेपालका प्रतिनिधि तथा बालबालिकामाझ उनले प्रतिज्ञापत्रमा हस्ताक्षर गरेका हुन् ।

त्यस अवसरमा मुख्यमन्त्री पाण्डेले कानुनले बालविवाहलाई अपराध भनेर परिभाषित गरे पनि प्रदेशका कतिपय ठाउँमा अझैसम्म बालविवाह हुँदै आएको बताए । प्रदेश सरकारले बालविवाह मुक्त गर्ने खालका नीति तथा कार्यक्रमहरू तय गरे पनि कानुनी रुप दिन बाँकी रहेको उनको भनाइ थियो ।

Advertisement

उनले बालविवाह कानुनी रुपमा अपराध भएको र यसको अन्त्य जरुरी रहेको बताउनुभयो । कतिपय स्थानीय तहले ऐन बनाएर काम गर्दै रहेको बताउँदै उहाँले प्रदेश सरकारले पनि चाँडै नै कडा कानुन ल्याउने जानकारी दिए । गण्डकी प्रदेशमा अहिले बालविवाहको सङ्ख्या ११। ९ प्रतिशत छ ।

समारोहमा सामाजिक अभियन्ताहरू बालकृष्ण पाण्डे, डा गङ्गाधर अधिकारी, गण्डकी प्रदेश सरकारका सचिवहरू, विद्यार्थी, बालविवाह प्रभावित बालबालिका, पत्रकार, सरोकारवाला निकाय तथा बेस नेपालका प्रतिनिधिलगायतको सहभागिता थियो ।

शेयर गर्नुहोस:

54
Shares