मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकामा टिकटिक पूर्ण बन्द

अमेरिकामा टिकटिक पूर्ण बन्द

हिमालय खबर

शेयर गर्नुहोस:

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका – अमेरिकामा शनिवार साँझबाट सोसल साइट टिकटक बन्द भएको हो । अमेरिकाले आन्तरिक सुरक्षाको कारण देखाउँदै चीनवाट विकास भएको टिकटक वन्द गर्ने कानुन केहि महिना अघि संसदबाट पारित गरेको थियो । यो कानुन लागु हुनुभन्दा २ घण्टा अघि नै शनिवार साँझबाट टिकटक वन्द भएको हो ।

टिकटक चीनका लगानीकर्ताले विकसित गरेका थिए । सानो समयमै यसले संसारभर फैलिएको थियो । अमेरिकाले चीन सरकारले टिकटक मार्फत आन्तरिक सुचनाहरु लिनसक्ने वताउंदै यसलाई वन्द गराएको हो । भारतले पनि टिक टक वन्द गरेको छ ।

एक वर्ष अघि नेपालले पनि टिकटक वन्द गरेको थियो । पछि खुला गरिएको थियो ।

शनिवार राती टिकटकले अमेरिकाको कानुन अनुसार जनवरी १९ देखी टिकटक बलजफ्ती वन्द गराउने निर्णयका कारण हाम्रो सेवा अवरुद्ध भएको छ भन्दै माफी मागेको सुचना आफ्नो साइटमा राखेको छ ।

अमेरिकाका नवनियुक्त राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नु भन्दा दुई दिन अघि टिकटक वन्द भएको हो । सोमवार ट्रम्पले सपथग्रहण गरेर पदभार सम्हालने कार्यक्रम छ ।

राष्ट्रपति ट्रम्पले टिकटकको विषय संवेदनशील रहेको हुदां यसलाई ९० दिन यथावत आग्रह गरेका थिए । तर, अदालतले यसलाई अस्विकार गर्यो । अमेरिकामा करिव १७ करोड टिकटक ग्राहक रहेको तथ्यांक छ । अमेरिका सरकारले टिकटक चीनका लगानीकर्ताले अमेरिकी व्यवसायीलाई विक्री गरुन भन्ने पक्षमा थिए । व्यवसायिक पृष्ठभुमिका नवनियुक्त राष्ट्रपति ट्रम्पले यसका लागि केही सौदावाजी गर्न सक्ने आंकलन थियो ।