मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

संघीयतालगायत अधिकार रक्षाका लागि अझै संघर्ष आवश्यक : मुख्यमन्त्री सिंह

संघीयतालगायत अधिकार रक्षाका लागि अझै संघर्ष आवश्यक : मुख्यमन्त्री सिंह

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश आन्दोलनको बलमा प्राप्त संघीयतालगायत अधिकार रक्षाका लागि अझै संघर्ष आवश्यक रहेको बताएका छन् ।

प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालय, मधेशी सहिद प्रतिष्ठानले सातौँ बलिदानी दिवसका अवसरमा आज जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा उनले संघीयतासहितको संविधान मधेश आन्दोलनकै उपज भएको भन्दै यसलाई सुदृढीकरण गर्न थप संघर्ष गर्नुपर्ने अवस्था रहेको बताए ।

मुख्यमन्त्री सिंहले संघीयतापछि प्रदेश सरकार पाए पनि प्रहरी प्रशासन व्यवस्थापन र ठूल विकास आयोजनालगायत काम गर्न संघीयकै मुख ताक्नुपर्ने बाध्यताका कारण समस्या सिर्जना भइरहेको गुनासो गरेका छन् । “प्रदेशमा मुख्यमन्त्री, मन्त्री र अन्य अंगहरू क्रियाशील छन् तर हातखुट्टा बाँधेर काम गर भनेजस्तो अवस्था छ । यसै कारण धेरै काम गर्न सकिएको छैन । यो अवस्था अन्त्य गर्न जरुरी छ”, उनले भने ।

मुख्यमन्त्री सिंहले व्यवस्था परिवर्तनका लागि ज्यानको आहुति दिने सहिदको सम्मानका लागि सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा भएको कार्यक्रममा सहिद परिवारका सदस्य तथा जिउँदा सहिदहरूलाई सम्मान गरिएको थियो ।