मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

कांग्रेसद्वारा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको निन्दा

कांग्रेसद्वारा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको निन्दा

हिमालय खबर

शेयर गर्नुहोस:

189
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसले सहकारी रकम अपचलन तथा ठगी प्रकरण सम्बन्धमा काठमाडौँ जिल्ला अदालतमा भएको थुनछेक बहस सकिएपछि अदालत परिसरभित्रै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई गरिएको दुर्व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेसले आज विज्ञप्तिमार्फत विधिको शासनमा अदालतमा पक्ष र विपक्षका बीचमा बहस गर्न पाउने जोसुकैलाई पनि अधिकार रहेको उल्लेख गर्दै यो घटना दुःखदायी भएको जनाएको हो ।

विधिको शासन, कानुनी राज्य र न्यायपालिकाप्रति विश्वास राख्ने राजनीतिक दलका लागि यो अराजकता र अवाञ्छित गतिविधि कदापि स्वीकार्य हुन नसक्ने कांग्रेसको भनाइ छ ।

उक्त घटनाको कांग्रेसले निन्दा र भर्त्सना गर्दै यस्ता घटनामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।