इजरायल र हमासबीच युद्धविराम र बन्धक- कैदीहरूको रिहाइको ऐतिहासिक सहमति

इजरायल र हमासबीच युद्धविराम र बन्धक- कैदीहरूको रिहाइको ऐतिहासिक सहमति


शेयर गर्नुहोस:

513
Shares

  • change font
  • change font

इजरायल र हमासले गाजामा युद्धविराम गर्ने र बन्धकहरू तथा प्यालेस्टिनी कैदीहरूलाई चरणबद्ध रूपमा रिहा गर्ने सम्झौतामा सहमति गरेका छन्। यो समाचार कतारका प्रधानमन्त्रीले पुष्टि गरेका हुन्।

कतारका प्रधानमन्त्रीका अनुसार, यो अस्थायी युद्धविरामको कार्यान्वयन आइतबारदेखि सुरु हुनेछ। यो सम्झौताअनुसार पहिलो चरणमा हमासले ३३ जना बन्धकहरूलाई रिहा गर्नेछ भने सोही समयमा इजरायली जेलमा रहेका सयौँ प्यालेस्टिनी कैदीहरूलाई पनि रिहा गरिनेछ। तथापि, यो सम्झौताका लागि इजरायली मन्त्रिपरिषद्को अनुमोदन अझै बाँकी रहेको छ।

Advertisement

यस सम्झौताका विषयमा अमेरिकी राष्ट्रपति जो बाइडनले पनि प्रतिक्रिया दिएका छन्। उनले औपचारिक रूपमा यो सहमतिको घोषणा गर्दै वार्ता अस्थायी युद्धविरामभन्दा पर जान सक्ने र यसले “युद्धको स्थायी अन्त्य” को मार्ग खोल्न सक्ने बताएका छन्।

सहमतिको पहिलो चरणमा बन्धकहरूको रिहाइ हुनेछ। सम्झौताको दोस्रो चरणका लागि वार्ता सम्झौता कार्यान्वयन सुरु भएको १६औँ दिनमा सुरु गरिनेछ। दोस्रो चरणको मुख्य उद्देश्य युद्धको स्थायी अन्त्य गर्नु रहेको छ।

यो ऐतिहासिक सम्झौताका विवरणहरू अझै बाहिर आउने क्रम जारी रहेको छ।