मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

पार्टीलाई समुदाय केन्द्रित बनाउनुपर्नेमा नेपाली कांग्रेसका महामन्त्री थापाको जोड

पार्टीलाई समुदाय केन्द्रित बनाउनुपर्नेमा नेपाली कांग्रेसका महामन्त्री थापाको जोड


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font
  • change font

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई नेता केन्द्रित नभई समुदाय केन्द्रित बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्राडा यज्ञप्रसाद अधिकारीको जीवन संघर्षका बारेमा लेखिएका लेखहरूको सङ्ग्रह ‘लोकतान्त्रिक समाजवादका भास्यकार प्राडा यज्ञप्रसाद अधिकारी’ नामक पुस्तकको बुधबार विमोचनपछि सम्बोधन गर्दै उनले राजनीतिक दलहरू समाजकेन्द्रित हुनुपर्ने समय आएको बताएका हुन्।

Advertisement

उनले भने, ‘जीवनभर कांग्रेसमा काम गरेका नेताहरूको आशीर्वाद लिँदै सामाजिक क्षेत्रमा लाग्नुपर्ने समय आएको छ।’ कांग्रेसका पुराना पुस्ताको सम्मान गर्दै समाजकेन्द्रित हुन सकेमा युवापुस्ताको आकर्षण बढ्ने उनले बताए। उनले थपे, ‘पार्टी संरचनालाई सत्तासँग जसरी जोडेका छौँ त्यसरी नै समाजमा फर्काउन आवश्यक छ।’

कार्यक्रममा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य गुरूराज घिमिरेले प्राडा अधिकारीले जीवनमा देश र पार्टीका लागि पुर्‍याएको योगदानको चर्चा गरे। सो अवसरमा अधिकारीका भाइ प्रकाश अधिकारीले आफ्नो दाजुले लोकतान्त्रिक समाजवादका लागि प्राज्ञिक क्षेत्रबाट पुर्‍याएको योगदान र उनको जीवनीका बारेमा जानकारी गराए ।

प्रजातन्त्र संवर्द्धन केन्द्रका अध्यक्ष डा जगदीश पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, समीक्षक रामबाबु घिमिरे, डा गोपाल शिवाकोटी, भुवन थपलिया अधिकारीले पुस्तक र प्राडा अधिकारीका बारेमा आफ्नो धारणा राखेका थिए। थपलियाले पुस्तकको संयोजन गरेका हुन् भने प्राडा नारायणप्रसाद खनालले सम्पादन गरेका हुन् ।

पुस्तक प्रजातन्त्र सम्वर्द्धन केन्द्रले प्रकाशन गरेको हो। ६७ वटा लेख एवं कविता पुस्तकमा समावेश छन्। ती सबै प्राडा अधिकारी र लोकतन्त्रसँग सम्बन्धित छन्। पाँच सय २८ पृष्ठको पुस्तकको मूल्य रू ७०५ राखिएको छ। विसं २००९ चैत २३ गते पर्वतमा जन्मिएका अधिकारीले नेपाली कांग्रेसको विदेश नीतिमा विद्यावारीधि गरेका छन्। उनका १० वटा पुस्तक प्रकाशित छन्।

शेयर गर्नुहोस:

27
Shares