ड्यालस (अमेरिका) । नेपालसँग असाध्यै निकट सम्बन्ध रहेका संयुक्त राज्य अमेरिकाका पूर्ब राष्ट्रपति जिम्मी कार्टरको आइतबार अपरान्ह आफ्नै गृहराज्य जर्जियामा निधन भएको छ ।
गत अक्टोबर १ तारिकमा मात्र कार्टर एकसय बर्ष उमेर पार गरेका थिए । विगत डेढ वर्षदेखि हस्पिक सेन्टर (वृद्ध अवस्थामा सेवा स्याहारको लागि राखिने स्थान) मा उनलाई राखेर हेरचाह गरिदै आएको थियो । नेपालमा कार्टर सेन्टरको शाखा स्थापना गरेर शान्ति प्रकृया, मानव अधिकारको क्षेत्रमा उनी सकृय थिए । नेकपा माओवादी शान्ति प्रकृयामा आएपछि यो सेन्टरले थुप्रै कार्यहरु गरेको थियो । सोही क्रममा कार्टरले धेरै पटक नेपाल भ्रमण पनि गरेका थिए ।
उनी अमेरिकाको ३९ औं राष्ट्रपतिका रुपमा सन् १९७७ देखि १०८१ सम्म कार्यरत थिए । उनलाई निकै शान्त, सभ्य र सौम्य राष्ट्रपतिका रुपमा लिइन्छ ।
कार्टरको निधन प्रति अमेरिकाका राष्ट्रपति जो बाइडेन, निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्ब राष्ट्रपतिहरु बाराक ओबामा, विल क्लिन्टन, जर्ज बुस लगायतले समवेदना व्यक्त गरेका छन् । कार्टरको निधन प्रति विश्वका नेताहरुले समवेदना व्यक्त गरेका छन् ।
प्रतिक्रिया