मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली

परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधनमा श्रद्धाञ्जली व्यक्त गरेकी छिन् । आइतबार काठमाडौँस्थित भारतीय राजदूतावासको कार्यालयमा पुगेर उनले सिंहप्रति श्रद्धाञ्जली व्यक्त गरेकी हुन् ।

गत बिहीबार राति उपचारको क्रममा सिंहको निधन भएको थियो । उनको नयाँ दिल्लीस्थित निगमघाटमा अन्तिम संस्कार गरिएको थियो । भारतीय राजदूतावासमा राखिएको शोक पुस्तिकामा परराष्ट्र मन्त्री राणाले श्रद्धाञ्जलीका शब्दहरू लेखेकी छिन् ।

Advertisement

‘डा। सिंह एक दूरदर्शी नेता र नेपालका सच्चा मित्र हुनुहुन्थ्यो । लोकतन्त्र र विकासमा उहाँको सहयोगका लागि नेपाली जनताले उहाँलाई सधैँ कदर गरिरहनेछ,’ श्रद्धाञ्जली व्यक्त गरेपछि उनले सामाजिक सञ्जालमार्फत् भनेकी छिन् । सिंहको ९२ वर्षको उमेरमा निधन भएको हो ।

शेयर गर्नुहोस:

54
Shares