मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

लोकतन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : परराष्ट्रमन्त्री डा. राणा

लोकतन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : परराष्ट्रमन्त्री डा. राणा

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालमा लोकतन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएकी छन् ।

धनगढीमा शनिबार आयोजित नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा उनले लोकतन्त्र र प्रजातन्त्र स्थापनामा पत्रकारिता क्षेत्रले सुरूवाती दिनदेखि नै सक्रिय र सकारात्मक भूमिका निर्वाह गर्दै आएको भन्दै प्रशंसा गरिन् ।

मन्त्री राणाले लोकतन्त्र स्थापना र यसको सदृढीकरणमा सङ्गठित रूपमा भूमिका खेल्दै आएको महासङ्घको औँचित्य निरन्तर बढ्दै गएकोसमेत बताइन् ।

“पत्रकार महासङ्घले पेसागत हकहितबाहेक व्यावसायिक र मर्यादित पत्रकारिताका लागिसमेत योगदान गर्दै आएको छ । त्यसैले पत्रकारिता क्षेत्र बलियो भएमा लोकतन्त्र पनि बलियो हुन्छ भन्ने मेरो बुझाइ छ । यसकारण मैले महासङ्घलाई एउटा बलियो नागरिक संस्थाका रूपमा बुझेकी छु”, उनले भनिन् ।

मन्त्री राणाले नेपालको संविधानले निर्वाध प्रेस स्वतन्त्रतालाई जोड दिएको उल्लेख गर्दै त्यसको सही प्रयोग गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याइन् । “आजभोलि सोसल मिडियाको प्रयोग बढ्दै गएको छ । यस्तो अवस्थामा के कुरालाई महत्त्व दिने भन्ने सन्दर्भमा हामी सचेत हुनुपर्छ । लोकतन्त्र, समाजवाद, राष्ट्रियतालाई बलियो बनाउने कुरामा पत्रकारिता क्षेत्र र सबैले निरन्तर प्रयास गरिरहन आवश्यक छ”, उनको भनाइ थियो ।