चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाको नयाँ कार्यसमितिमा प्रेस चौतारी र प्रेस युनियनको प्यानल नै विजयी भएको छ । महासंघको २१औँ महाधिवेशनअन्तर्गत शुक्रबार भएको निर्वाचनमा चितवन शाखाको अध्यक्षमा चौतारी–युनियनको साझा उमेदवार बसन्तराज पराजुली निर्वाचित भए ।
निर्वाचनमा २२३ मत खसेकामा पराजुलीले १३२ मत प्राप्त गर्न सफल भए । पराजुलीका प्रतिस्पर्धी प्रेस सेन्टर र समाजवादी प्रेस सङ्गठनका साझा उमेदवार प्रकाशमणि ज्ञवालीले ९० मत प्राप्त गरे ।
सह–सचिव (खुल्ला)मा रविना पौडेल र सह–सचिव (समावेशी)मा राजु चौधरी निर्वाचित भए । पौडेलले १३० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी बसन्त शर्मा ढुङ्गानाले ८५ मत प्राप्त गरे । ढुङ्गाना एकलरुपमा चुनाव लडेका थिए । चौधरीले १५६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी बबिलाल तामाङले ६३ मत प्राप्त गरे । चौधरी युनियन चौतारी गठबन्धनबाट उमेदवार हुन् भने तामाङ समाजवादी प्रेस संगठनका उमेदवार हुन् । कोषाध्यक्षमा निर्वाचित कृष्ण आचार्यले १७२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी टीकादत्त तिमिल्सिनाले ४४ मत प्राप्त गरे । आचार्य युनियन चौतारी गठबन्धनका उमेदवार हुन् भने तिमिल्सिना समाजवादी प्रेस संगठनका उमेदवार हुन् ।
कार्यसमिति सदस्य (महिला)मा अस्मिता पराजुली र कार्यसमिति सदस्य (खुल्ला)मा केशव भट्टराई, कुलप्रसाद काफ्ले, राजु सापकोटा, सुदन पौडेल, सुरेन्द्र पौडेल (सुरज), रोहिणी त्रिपाठी, सुशील पन्त, हेमराज रिमाल, सनद अधिकारी र बद्रिप्रसाद अर्याल निर्वाचित भएका हुन् ।
दुई उपाध्यक्षसहित पाँच पदमा यसअघि नै निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्ष (खुला)मा दीपेन्द्र अधिकारी, उपाध्यक्ष (महिला)मा शान्ता अधिकारी, सचिवमा राजेश घिमिरे, कार्यसमिति सदस्य (आदिवासी जनजाति)मा सुनिलकुमार श्रेष्ठ र कार्यसमिति सदस्य (दलित)मा सरोज उपरकोटी निर्विरोध निर्वाचित भएका हुन् । पत्रकार महासंघ चितवन शाखाको नयाँ कार्यसमितिको लागि निर्वाचन भएको हो ।
त्यसैगरी शाखाबाट प्रदेश परिषद् १७ जना सदस्यमा खुलातर्फ अर्जुन अधिकारी, किशोरचन्द्र सापकोटा, कृष्णप्रसाद खनाल, दीपक पोखरेल, बिचित्र पौडेल, रमेश पौडेल, लक्ष्मण गौतम, सूर्यप्रसाद अधिकारी र होमनाथ न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।
समावेशी सदस्यतर्फ अनिता अर्याल, अमिर रामदाम, गीता दराई घिमिरे, निरुता विक, पूजा ढकाल, प्रतीमा तामाङ, राजनदिल गुरुङ, र सिन्धु ढकाल निर्विरोध निर्वाचित भएको शाखाका सल्लाहकार तिलकराम रिमालले जानकारी दिए ।
शाखाबाट केन्द्रीय परिषद् छ जना सदस्यमा खुलातर्फ तिलकराम रिमाल, अनिल ढकाल र शालिकराम नेपाल निर्वाचित भएका छन् भने समावेशी सदस्यमा ईश्वर जोशी, प्रमिता ढकाल र प्रतिमा सिलवाल निर्विरोध निर्वाचित भएका छन् । कुल दुई सय ५५ जना सदस्य रहेको शाखाको निर्वाचनमा दुई सय २३ मत खसेको निर्वाचन संयोजक जनक अर्यालले जानकारी दिए ।
प्रतिक्रिया