मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

नेपाली कांग्रेसद्वारा दश भ्रातृसंस्थाको महाधिवेशन गर्न निर्देशन समिति गठन

नेपाली कांग्रेसद्वारा दश भ्रातृसंस्थाको महाधिवेशन गर्न निर्देशन समिति गठन

हिमालय खबर

शेयर गर्नुहोस:

135
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १० भ्रातृसंस्थाको महाधिवेशन गर्न ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेको छ ।

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत मसान्तभित्र सबै भ्रातृसंस्थाको अधिवेशन सम्पन्न गर्नका लागि आज निर्देशक समिति गठन गरेका हुन् ।

पार्टीको विधान २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम गठन गरिएको उक्त समितिले महाधिवेशन सम्पन्न गराउनका लागि विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पुर्‍याई आवश्यक निर्देशन दिनसक्ने व्यवस्था गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले नेपाल दलित संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री जीवन परियार र सदस्यमा लक्ष्मी परियार र शान्ति विकलाई तोकेको छ ।

त्यसैगरी नेपाल महिला संघको निर्देशन समितिको संयोजकमा प्रवक्ता डा प्रकाशशरण महत, सदस्यमा पुष्पा भुसाल र रुक्मिणी कोइराला, नेपाल किसान महासंघको निर्देशन समितिको संयोजकमा रमेश रिजाल, सदस्यहरुमा राजेन्द्रकुमार केसी र अञ्जनी श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

नेपाल भूतपूर्व सैनिक संघको निर्देशन समितिको संयोजकमा एनपी साउद, सदस्यमा टेकप्रसाद गुरूङ र महेन्द्रकुमारी लिम्बू, नेपाल लोकतान्त्रिक खेलकुद संघको निर्देशन समितिको संयोजकमा मोहनबहादुर बस्नेत, सदस्यहरुमा उमेशजङ्ग रायमाझी र गणेश लामा रहेका छन् ।

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको निर्देशन समितिको संयोजकमा मधु आचार्य, सदस्यहरुमा सरस्वती बजिमय र मदनकृष्ण श्रेष्ठ, नेपाल थारू संघको निर्देशन समितिको संयोजकमा उदयशम्शेर राणा, सदस्यमा डा गोपाल दहित र योगेन्द्र चौधरी रहेका छन् ।

यस्तै, नेपाल प्रजातन्त्र सेनानी संघको निर्देशन समितिको संयोजकमा प्रा डा गोविन्दराज पोखरेल, सदस्यमा मुक्ताकुमारी यादव र कान्तिका सैजुवाल रहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।