मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

नागरिकको मानवअधिकार रक्षामा प्रतिबद्ध छौँ : गृहमन्त्री लेखक

नागरिकको मानवअधिकार रक्षामा प्रतिबद्ध छौँ : गृहमन्त्री लेखक


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

सुर्खेत । गृहमन्त्री रमेश लेखकले सरकार सबै नागरिकको मानवअधिकार रक्षाको लागि प्रतिबद्ध रहेको बताएका छन् । कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन सुर्खेत पुगेका गृहमन्त्री लेखकले सबै नागरिकको मानवअधिकारप्रति सरकार प्रतिबद्ध रहेको बताए ।

पूर्वगृहमन्त्री रवि लामिछानेमाथि प्रहरीबाट कुनै मानवअधिकार उलंघन नभएको उल्लेख गर्दै मन्त्री लेखकले लामिछानेकै सुरक्षाको लागि राति अड्डासार गरिएको दाबी गरे ।

Advertisement

“हामी सबै नागरिकको मानवअधिकारप्रति प्रतिबद्ध छौँ,” मन्त्री लेखकले भने, “कसैको मानवअधिकार हनन भएको छैन र हुँदैन, जहाँसम्म रवि लामिछानेको कुरा छ । उहाँकै सुरक्षाको लागि राति नै चितवनबाट पोखरा लगिएको हो, यसमा कहाँ मानवअधिकार हनन हुन्छ ?”

लाखौँ सर्वसाधारण जनताको रकम दुरुपयोग भएको सन्दर्भमा अनुसन्धान भइरहेको उल्लेख गर्दै मन्त्री लेखकले भीड जम्मा गरेर अनुसन्धान प्रभावित गर्ने काम भएको बताए ।

शेयर गर्नुहोस:

81
Shares