मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा तीन जना पक्राउ

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा तीन जना पक्राउ


शेयर गर्नुहोस:

405
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोको टोलीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

ब्युरोमा मुद्दा दर्ता भई फरार रहेका वैदेशिक रोजगारीको क्रममा कतारमा रही नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेहरूमा रौतहट चन्द्रपुर नगरपालिका जुडीवेला घर भएका ३९ वर्षीय कृष्ण प्रसाद अधिकारी भन्ने बिहानी बहादुर अधिकारी, चितवन भरतपुर महानगरपालिका-१२ घर भएका ३७ वर्षीय रूपक शर्मा पौडेल र सप्तरी बोदेबरसाइन नगरपालिका-६ फुल्काई घर भएका २४ वर्षीय लक्ष्मण यादव भन्ने जगदिश प्रसाद यादव रहेका छन् ।

उनीहरूले फेसबुकमा साथी बनी कुराकानीको क्रममा आदान प्रदान गरिएका गोप्य तस्बिरहरू रेकर्ड गरी राखेर पीडितका आफन्त तथा साथीहरूको म्यासेन्जरमा पठाई चरित्र हत्या गरी दुःख हैरानी गर्ने अश्लील शब्दहरू लेखी पीडितको सम्पर्क नम्बर सहित ह्वाट्स एप ग्रुपमा सेयर गरी दुःख हैरानी पीडितलाई दिएको पाइएको छ ।

उनीहरूलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौँबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।

शेयर गर्नुहोस:

405
Shares