मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

पूर्वसभामुख ढुङ्गानाको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

पूर्वसभामुख ढुङ्गानाको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

हिमालय खबर

शेयर गर्नुहोस:

216
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् ।

आइतबार शोक वक्तव्य जारी गरेर सभापति देउवाले भनेका छन्, ‘विद्यार्थी जीवन देखिकै मेरा एक पुराना साथी एवं पूर्व सभामुख दमननाथ ढुंगानाको निधनको खबरले मलाई स्तब्ध र दुःखीत बनाएको छ ।’

‘लोकतन्त्र, मानवअधिकार र न्याय क्षेत्रमा उहाँको महत्वपूर्ण योगदान थियो’, देउवाले भने, ‘उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु ।’

देउवाले दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

पूर्व सभामुख ढुंगानाको ८३ वर्षको उमेरमा काठमाडौंको फ्रन्ट लाइन अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको छ ।

नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका ढुंगाना २०४८ को आम निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं-२ बाट विजयी भएका थिए ।

ढुंगाना २०४८ देखि २०५१ सम्म प्रतिनिधि सभाको सभामुख रहेका थिए । २०५१ मा काठमाडौं निर्वाचन क्षेत्र नं. २ र २०७४ मा भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कांग्रेसको उम्मेदवार रहेका थिए ।

नेपाली कांग्रेसको विभिन्न पदमा रहेर उनले पार्टीको संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रिया ल्याउन सहजकर्ताको रुपमा समेत ढुंगानाको सक्रिय भूमिका रहेको रहेको कांग्रेसले जनाएको छ ।

मानवअधिकार र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि ढुंगानाले पुएको योगदान सदैव स्मरणीय रहने कांग्रेसले जनाएको छ ।

ढुंगानाको निधनबाट सिंगो देशले वरिष्ठ कानूनविद्, मानव अधिकारकर्मी, एक अथक योद्धा, निष्ठावान एवं अनुभवी राजनीतिज्ञ गुमाएको कांग्रेसले जनाएको छ ।