कोलोराडो, अमेरीका- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्र तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाको संयुक्त आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइएको छ ।
केन्द्रीय कार्यसमितिका अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्व तथा वरिष्ठ साहित्यकार प्राध्यापक डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइएको हो ।
कार्यक्रम प्रमुख अतिथिद्वारा दीप प्रज्वलन गरी शुरुवात गरिएको थियो भने नेपाली भाषा पाठशालाका विद्यार्थीहरूद्वारा नेपाली तथा अमेरिकी राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । देवकोटाको तस्विरमा पुष्पार्पण गरी अगाडि बढाइको कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. कृष्णहरि बरालले देवकोटाको बहुआयामिक योगदानबारे छर्ल्याङ्याउंदै प्रवासी श्रष्टाले अध्ययन र साधनाद्वारा आफ्ना रचनाको स्तर वृद्धिबारे ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए ।
त्यसैगरी साभापतिको आसनबाट बोल्दै अध्यक्ष वाग्लेले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अर्काइभका माध्यमबाट नेपाली श्रष्टाका हरेक कृतिलाई हजारौँ वर्ष सुरक्षित राख्ने अभियान अगाडि बढाउने योजना रहेको खुलासा गरे । बोर्ड अफ ट्रष्टिजका सभापति पदम विश्वकर्माले देवकोटा जयन्ती र भानु जयन्ती विशेष कार्यक्रम गरी मनाउने परम्परालाई विगत ३० वर्षदेखि नै निरन्तरता दिई प्रवासमा भाषा साहित्यलाई दोस्रो तेस्रो पुस्तामा हस्तान्तरण गर्ने कार्यमा अनेसासले नैँ नेतृत्व गरिरहेको तथ्य प्रस्तुत गरेका थिए ।
केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीले देवकोटाको साहित्यिक योगदानबारे चर्चा गर्दै कवितामा जत्तिकै महाकविले योगदान निवन्धमा पनि दिएको तथ्य औँल्याए । केन्द्रीय कार्यसमिति उपाध्यक्ष (अमेरिका क्षेत्र) सुदीपभद्र खनाल, बिओटी कोषाध्यक्ष नेत्रबन्धु पोखरेल तथा पूर्व केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदालले देवकोटा जयन्तीबारे छोटो मन्तव्य व्यक्त गर्दै आ(आफ्नो रचना वाचन गरे ।
यसैगरी साहित्यकार मिलन कोइरालाले प्रमुख अतिथि डा. बरालको गीत, गजल र समालोचनाको क्षेत्रमा दिएको योगदान र महाकवि देवकोटाको जीवनीबारे प्रकाश पारे । देवकोटालाई विभिन्न कवि, गजलकार, गायकहरूबाट आ-आफ्ना रचना वाचन तथा गायनद्वारा श्रद्धा भाव व्यक्त गरेका थिए । यसरी रचना वाचन र गायन प्रस्तुत गर्नेहरूमा भूपेन्द्र महत, देव भट्टराई, सिर्जना अर्याल, रमेश गुरुङ, श्री पोखरेल, मनोजकाजी तुलाधर, मनोजराज शिवाकोटी, लाल चौलागाईं आदि रहेका थिए ।
प्रतिक्रिया