मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय   
अमेरिका समाचार   
ग्लोबल   

बाइडेन र ट्रम्पबीच ह्वाइट हाउसमा बुधबार भेटवार्ता हुने

बाइडेन र ट्रम्पबीच ह्वाइट हाउसमा बुधबार भेटवार्ता हुने

हिमालय खबर

शेयर गर्नुहोस:

486
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले चार वर्षअघिको चुनावमा आफूले पराजित गरेको रिपब्लिकन पार्टी र यसका नेता डोनाल्ड ट्रम्पलाई व्यवस्थितरूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएपछि दुई नेताबीच बुधबार ह्वाइट हाउसमा भेटवार्ता हुने भएको छ ।

सन् २०२० को चुनावमा हार अस्वीकार गरेका ट्रम्पले नोभेम्बर ५ मा भएको मतदानबाट अमेरिकी राष्ट्रपति पदमा उल्लेखनीय बहुमतसहित पुनरागमन गरेपछि राष्ट्रपति बाइडेनले व्यवस्थितरूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

निवर्तमान र भावी राष्ट्रपतिहरूबीच यस प्रकारको भेटघाटलाई परम्परागत मानिन्छ तर जनवरी ६, २०२१ को क्यापिटल दङ्गामा परिणत भएको अप्रमाणित चुनावी धाँधलीको दाबी गर्दै ट्रम्पले तत्कालिन समयमा राष्ट्रपति निर्वाचित बाइडेनलाई व्यवस्थित सत्ता हस्तान्तरण र भेटवार्ताका लागि निमन्त्रणा गरेका थिएनन्।

ट्रम्पले बाइडेनको शपथ ग्रहण समारोहमा भाग नलिई नजिर तोडेका थिए तर ह्वाइट हाउसले डेमोक्र्याटिक राष्ट्रपति आगामी समारोहमा सहभागी हुने जनाएको छ । एएफपी