मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय   
ग्लोबल   

‘जलवायु प्रकोप’का लागि विश्वले तत्काल अनुकूलन उपायको तयारी गर्नुपर्छ : महासचिव गुटेरेस

‘जलवायु प्रकोप’का लागि विश्वले तत्काल अनुकूलन उपायको तयारी गर्नुपर्छ : महासचिव गुटेरेस

हिमालय खबर

शेयर गर्नुहोस:

135
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पेरिस । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनले निम्त्याएको ‘विपत्ति’का लागि विश्व तयार नभएको र भविष्यमा अझ खराब अवस्थाका लागि तत्काल तयारी गर्नुपर्ने बताएका छन् ।

युरोपेली संघ (इयु) जलवायु नियन्त्रण एकाइका अनुसार बाढी, आगलागी र अन्य जलवायु आघातहरूले एक वर्षमा करिब हरेक महादेशलाई असर गरेको छ र यो अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा तातो हुने निश्चित छ ।

संयुक्त राष्ट्र वातावरण कार्यक्रम (युएनइपी) ले उपलब्ध गराएको डाटाको नवीनतम वर्ष २०२२ को नयाँ मूल्याङ्कनमा अनुकूलन उपायहरूका लागि गरिब देशहरूमा जाने रकम उनीहरूको कमजोर अर्थतन्त्रहरूलाई विपद्–प्रमाणीकरण गर्न गर्न आवश्यक पर्ने पैसाको दशौँ भाग मात्र रहेको बताइएको छ ।

‘जलवायु प्रकोप नयाँ वास्तविकता हो र हामी यसबाट पछाडि परिरहेका छौँ’, युएनइपीको वार्षिक अनुकूलन अन्तर प्रतिवेदनको विमोचनमा गुटेरेसले भने । यस महिनाको संयुक्त राष्ट्रसङ्घीय कोप २९ शिखर सम्मेलनमा धनी राष्ट्रहरू विकासोन्मुख देशहरूमा जलवायु कार्यका लागि उनीहरूले प्रतिबद्धता गरेको एक सय अर्ब डलर पर्याप्त मात्रामा बढाउन दबाबमा छन् ।

तर, केही दाता सरकारहरू वित्तीय र राजनीतिक दबाबमा छन् र अजरबैजानमा हुने सम्मेलनमा सार्वजनिक पैसाको प्रमुख नयाँ प्रतिबद्धताहरू अपेक्षित छैनन् । यस महिना संयुक्त राष्ट्रसङ्घको जैविक विविधताको बैठक कोष सम्झौतामा पुग्न असफल भयो र विश्वव्यापी जलवायु सहयोगको विरोध गर्ने डोनाल्ड ट्रम्पको चुनाव कोप २९ मा अड्किएको छ ।

कोही पनि प्रतिरक्षित छैन

जलवायु परिवर्तनका लागि प्रतिबद्ध अधिकांश सार्वजनिक पैसा यसका दीर्घकालीक प्रभावहरूमा अनुकूल गर्नमा नभई विश्वव्यापी तापक्रम उत्सर्जन घटाउनमा जाने गर्छ । सन् २०२२ मा जलवायु अनुकूलनका लागि विकासोन्मुख देशहरूलाई सार्वजनिक वित्तमा करिब २८ अर्ब डलर भुक्तानी गरिएको थियो ।

यो अघिल्लो वर्षको तुलनामा वृद्धि थियो तर अझै पनि समुद्रमा एक थोपा बराबर हो । युएनइपीको अनुमानअनुसार विकासोन्मुख देशहरूमा अनुकूलनका लागि वार्षिक दुई खर्ब १५ अर्ब डलरदेखि तीन खर्ब ८७ अर्ब डलरको आवश्यकता पर्छ ।

धनी देशहरूले सन् २०२५ सम्ममा रकम दोब्बर गरी वार्षिक करिब ४० अर्ब डलर बनाउने वाचा गरेका थिए तर यसले पनि ‘अत्यन्त ठूलो’ अनुकूलन कोषको अन्तर छाड्ने युएनइपीले बताएको छ ।

ग्लोबल सेन्टर अन एडप्टेसनका सिइओ प्याट्रिक भर्कुइजेनका अनुसार जलवायु प्रकोपले सबैभन्दा गरिब समुदायलाई सबैभन्दा बढी असर गरेको छ तर निष्क्रियताको लागत अब उनीहरूले मात्रै वहन गर्दैनन् ।

‘बढ्दो समुद्र र चरम गर्मीको छालदेखि निरन्तर खडेरी र बाढीसम्म जलवायु परिवर्तनको प्रभाव अब विश्वको हरेक कुनामा पुगेको छ । कुनै पनि राष्ट्र, कुनै पनि समुदाय प्रतिरक्षित छैन’, उनले भने । गत महिना आएको ठूलो आँधीका कारण आएको बाढीले दुई सयभन्दा बढीको ज्यान लिएको बेला स्पेनी अधिकारीहरूमाथि पर्याप्त रूपमा तयार नभएको आरोप लगाइएको थियो ।

जलवायु वैज्ञानिकहरूका अनुसार विश्वव्यापी तापक्रम अधिक चरित्र र कठोर चरम मौसममा लगिरहेको छ । ‘हामीले सुरक्षा स्थगित गर्न सक्दैनौँ । हामीले अनुकूलन गर्नुपर्छ–अहिले’, गुटेरेसले भने । एएफपी