मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   

उपप्रधानमन्त्री सिंहद्वारा विश्वसामु जलवायु न्यायको माग

उपप्रधानमन्त्री सिंहद्वारा विश्वसामु जलवायु न्यायको माग


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे चर्चा गर्दै जलवायु न्यायको माग गरेका छन् ।

इजिप्टको कायरोमा आज भएको ‘सहरहरू र जलवायु संकट’ विषयक सत्रमा सम्बोधन गर्दै उनले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताए ।

Advertisement

नेपालजस्ता विकासोन्मुख देशले धेरै कम कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको प्रत्यक्ष असर धेरै देखिएकाले अन्तर्राष्ट्रियस्तरको जलवायु वित्तमा सजिलो पहुँच र प्राविधिक सहयोग मार्फत मात्र जलवायु न्याय हुने कुरा उठाएका हुन् ।

‘एकातिर नेपालमा तीव्र गतिमा सहरीकरण बढिरहेको छ भने अर्कातर्फ जलवायु परिवर्तनका असरका रूपमा अतिवृष्टि, अनावृष्टि, बेमौसमी वर्षा, बाढी, पहिरो, हिम पहिरो, हिमताल विष्फोटन लगायत जलवायु परिवर्तनबाट सिर्जित विपद्जन्य घटना बढिरहेकाले हरेक वर्ष लाखौँ मानिस प्रभावित हुनुपरेको छ ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘नेपाल सरकारले सहरी नीति र विकास रणनीति पुनरावलोकन गर्दै जलवायुमैत्री बनाएको छ ।’

नेपालले जलवायु परिवर्तनबाट सिर्जित विपदबाट घरबार गुमाएका परिवारलाई निजी आवास पुनर्निर्माण र पुनर्स्थापनाका लागि संघ, प्रदेश र स्थानीय तहहरूको लागत साझेदारीमा अनुदान दिने व्यवस्था गरे पनि विपद् घटनाहरू धेरै नै बढेकाले नेपाल सरकारलाई पर्याप्त वित्त व्यवस्थापनमा गाह्रो परेको उनले बताए ।

शेयर गर्नुहोस:

108
Shares