मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

निर्मला कुर्मी प्रकरण : गृह र आन्दोलनरत पक्षबीच तीनबुँदे सहमति

निर्मला कुर्मी प्रकरण : गृह र आन्दोलनरत पक्षबीच तीनबुँदे सहमति

हिमालय खबर

शेयर गर्नुहोस:

108
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्मला कुर्मीको अपहरण शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीको विषयलाई लिएर डेढ महिनादेखि आन्दोलनरत पक्ष र गृह मन्त्रालयका प्रतिनिधिविच ३ बुँदे सहमति भएको छ ।

गत साउन २५ देखि आन्दोलनरत पक्षको तर्फबाट रुबी खान र गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङविच मंगलबार ३ बुँदे सहमतिमा हस्ताक्षर भएको हो ।

सहमतिको पहिलो बुदाँमा निर्मला कुर्मीको अपहरण शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीसँग सम्बन्धित अनसन्धानका विषयमा गृह मन्त्रालय र आन्दोलनरत पक्षबीच गत असार १० गते भएको सहमतिको बुदाँ नम्बर १ बमोजिम तत्काल निरुपण गर्न प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय बाँकेलाई पत्राचार गर्ने सहमति भएको छ भने विगतमा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीलाई थप अनुसन्धानका लागि आवश्यकता अनुसार प्रहरी प्रधान कार्यालयले तत्काल काजमा खटाउने पनि पहिलो बुदाँमा नै सहमति भएको छ ।

दोस्रो बुदाँमा आन्दोलनरत पक्ष र उनीहरुको परिवारको सुरक्षा व्यवस्था मिलाउन प्रहरी प्रधान कार्यालयल र जिल्ला प्रशासन कार्यालय बाँकेलाई पत्राचार गर्ने र तेस्रो बुदाँमा आन्दालनरत पक्षले आजकै दिनदेखि आन्दोलन अन्त्य गर्ने सहमति पनि भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारी, विजयबाबु शिवाकोटी, मोहम्मदशेर वागवान, बसन्त रञ्जितकार र मनकुमारी गुरतालको रोहबरमा दुबै पक्षविच भएको सहमति पत्रमा हस्ताक्षर भएको हो ।