मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   
नेपाल   

एनआरएनएद्वारा बाढीपीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय

एनआरएनएद्वारा बाढीपीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय


शेयर गर्नुहोस:

648
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

नेपाली समयअनुसार आइतबार राती बसेको संघको बैठकले बाढी प्रभावितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले उपाध्यक्ष एवं परोपकार तथा मानव कल्याण  विभागका प्रमुख डा. हेम राज शर्माको संयोजकत्वमा समिति गठन गरी आर्थिक सहायता संकलन गर्न निर्देशन दिएको छ ।

समितिमा संघका विभिन्न पदाधिकारीहरु, क्षेत्रीय संयोजकहरू, तथा राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरु समेतलाई संलग्न गराइएको छ । बैठकमा अध्यक्ष डा. केसीले राष्ट्रिय समन्वय परिषद्हरूको सहकार्यमा  आर्थिक सहयोग संकलन गरेर बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्ने उल्लेख गरे ।

बैठकले विपद् प्रभावित क्षेत्रको क्षति अध्ययन गर्न उपमहासचिव सोम सापकोटा र सहकोषाध्यक्ष कृष्ण तिमल्सिना संलग्नतामा समिति गठन गरेको छ । समितिले आफ्नो प्रतिवेदन अन्तर्राष्ट्रिय समन्वय परिषद् बैठकमा प्रस्तुत गर्नेछ ।

पदाधिकारी बैठकको निर्णय कार्यान्वयन तथा आर्थिक सहयोग संकलनका लागि आजै बस्ने गरी आपतकालीन बैठक आव्हान गरिएको छ।

शेयर गर्नुहोस:

648
Shares