मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

अध्यक्ष प्रचण्डद्वारा दुई जनाको उद्धार गर्ने तामाङलाई सम्मान

अध्यक्ष प्रचण्डद्वारा दुई जनाको उद्धार गर्ने तामाङलाई सम्मान


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने युवा चणिकलाल तामाङलाई सम्मान गरेका छन् । आइतबार तामाङलाई आफ्नै निवास खुमलटारमा बोलाएर उनले सम्मान गरेका हुन् ।

तामाङले शनिबार ललितपुर महानगरपालिका(२५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी छ वर्षीया मेघनालाई उद्धार गरेका थिए । खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्‍याएको अवस्थामा तामाङले उर्लदो भेलमा हाम फालेर उद्धार गरेका थिए । उद्धार गरिएका दुवै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

अध्यक्ष दाहालले साहसी काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा तामाङलाई बधाई तथा धन्यवाद दिए । सङ्कटको बेला नै बहादुरको जन्म हुने भन्दै उनले तामाङलाई ‘साहसी युवा’को रूपमा सम्मान गरिएको बताए । “यस घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको छु । तपाईंको हाल देशविदेशमा चर्चा भइरहेको छ”, अध्यक्ष दाहालले भने,“ तपाईं आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुसी लागेको छ ।”

काभ्रेको तेमाल गाउँपालिका–९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुन् ।

त्यस अवसरमा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकामा खुसी लागेको बताए । आफू बिहान खोला हेर्न आएको बेला मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको उनले बताएका थिए । तामाङले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सीपले दुई जनाको ज्यान बचाउन सकेको सुनाए ।

यसैबीच, माओवादी केन्द्र एसिया सङ्गठन समितिले बाढीपहिरो पीडितका लागि रु पाँच लाख बराबरको सहयोग गरेको छ । समितिका इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा र नेता टिबी पाठकले रु पाँच लाख बराबरको चेक अध्यक्ष दाहाललाई हस्तान्तरण गरे ।

शेयर गर्नुहोस:

108
Shares