मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोलोराडो   
मुख्य समाचार   

नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोमा अयोजित दोहोरी सांझ भब्यताका साथ सम्पन्न

नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोमा अयोजित दोहोरी सांझ भब्यताका साथ सम्पन्न

नातिबाबु भट्ट

शेयर गर्नुहोस:

162
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो , अमेरीका- नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको सहयोगार्थ कोलोराडोमा पहिलो पटक आयोजित दोहोरी सांझ कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।

कोलोराडोमा सकृय संस्था नेपाली घरको आयोजनामा चर्चित कलाकारहरु चन्द्र शर्मा र अमृता लुंगेली मगरको उपस्थितीमा लोक दोहोरी सांझ कार्यक्रम आयोजना भएको हो । कलाकारहरुलाइ शुष्मिता बिश्वास, यम पौडेल लगायत स्थानीय कलाकारहरुले साथ दिएका थिए ।

जन्मभुमी नेपाल र कर्मभुमी अमेरीकाको राष्ट्रियगान गाएर शुरुगरिएको कार्यक्रममा नेपाली संस्कृतीक केन्द्रका परिकल्पनाकारहरु नेपाली घरका संस्थापक अध्यक्ष स्वर्गिय नारायण श्रेष्ठ र सल्लाहकार बिष्णुप्रसाद श्रेष्ठको संझनामा एक मिनेट मौन धारण गरिएको थियो ।

नेपाली घरका अध्यक्ष बसन्त लम्सालले उपस्थित सबैलाइ स्वागत गर्दै कार्यक्रममा सफल बनाउन तन, मन र धन दिएर सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । यसैगरी कार्यक्रममा लम्सालले मातृभुमी प्रती प्रेमभाव अर्पण गर्दै रचना गरी आफैले गाएका चर्चित गीत सकिदैन देश भुल्न जतिटाढा भएपनी भन्ने बोलको गीत गाएका थिए ।

सोही कार्यक्रममा कोलोराडोमा सकृय सिष्टर ग्रुप दिदीबहिनी समुह कोलोराडोले गत तीज पर्वमा संचालित तीजको पुजा र्कायक्रममा सहभागी दिदी बहिनीहरुबाट पुजासामग्री प्रयोग गरेबापत सहयोग स्वरुप संकलन गरिएको रकमको चेक संस्थाका कोषाध्यक्ष पुष्पा पौडेलले नेपाली घरका अध्यक्ष बसन्त लम्साललाइ हस्तान्तरण गरेकी थिइन । सोही अवसरमा संस्थाका अध्यक्ष धन पौडेलले सिष्टर ग्रुप दिदीबहिनी समुह दुइ बर्षकोलागी मर्गेज ग्यारेन्टरमा जोडीएको घोषणा गर्दैे सबैलाई यथा सक्य सहयोग गरी यस महायज्ञमा जोडिन अनुरोध गरेकी थिइन् ।

कार्यक्रमको दोश्रो चरण मनोरञ्जनका कार्यक्रमहरु अगाडी बढाईएको थियो । नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा सनीबार सांझ ७ बजेदेखी १० बजेसम्म आयोजित मनोरञ्जनात्मक कार्यक्रममा शुष्मिता बिश्वास र प्रेयांका श्रेष्ठले सुमधुर संगीतमा कुशल नृत्य प्रश्तुत गरेका थिए । नेपाली घरका कल्चर तथा ईभेन्ट अफिसर दिनेशकुमार कार्की, र अन्तराष्ट्रियगान साहित्य समाज कोलोराडो च्याप्टरका महासचिव किरण अधिकारीले कुसलता पुवर्क संचालन गरेको कार्यक्रममा अमृता लुंगेली मगर र चन्द्र शर्माले आफ्ना चर्चित गीतहरु गाएर सहभागीलाई नचाएका थिए । यसरी अगाडी बढेको कार्यक्रमको अन्तमा लोक दोहोरी शुरुभएको थियो । दोहोरीमा झ्यालमा पर्दा छ, गोरखा मनकामना, चरिभए आउथे उडेर लगायतका भाकामा गीतगाएर कलाकारहरुले भरपुर मनोरञ्जन दिएका थिए ।

सम्पन्न लोक दोहोरी सांझ कार्यक्रममा टिकट बिक्री र दाताहरुबाट प्राप्त स्पोन्सरबाट संकलित रकम संचालन खर्च कटाएर बांकी रहेको सबै नेपाली घरको खातामा जम्मा हुने नेपाली घरका अध्यक्ष बसन्त लंम्सालले बताएका छन् ।

कलाकारहरुले कुनै पारिश्रमीक नलिने र कलाकारहरुलाई अन्य स्टेटबाट कोलोराडो सम्म आउने र जाने प्लेन टिकट शुल्क नेपाली घरका आइ.टी. अफीसर सुरेश रेग्मीबाट सहयोग प्राप्त भएको अध्यक्ष लम्सालले बताएका छन् ।

नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको पार्किङ लट, पर्खाल र बिजुलीका पोलहरुको निर्माण तथा मर्मत संभारका कामहरु धमाधम भइरहेको र यस काम सकिने बित्तिकै ठेकदारलाइ पैसादिनुपर्ने भएकोले आर्थिक सहयोग संकलन गर्न यो कार्यक्रम आयोजना गरिएको हो ।