मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

संविधान संशोधन गर्नका लागि कांग्रेस र एमालेले मात्रै सम्भव छैन : मन्त्री पाण्डे

संविधान संशोधन गर्नका लागि कांग्रेस र एमालेले मात्रै सम्भव छैन : मन्त्री पाण्डे

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संविधान संशोधन गर्नका लागि कांग्रेस र एमाले मात्रै भएर सम्भव नहुने बताएका छन् ।

बुधबार नेपाल नाट्य प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित संविधान दिवस एवम् राष्ट्रिय दिवस २०८१ को पूर्वसन्ध्यामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

मन्त्री पाण्डेले एमाले र कांग्रेस एक ठाउँमा आउनुको पछाडि केवल सत्ता मात्रै नभएको प्रस्ट पारे । उनले भने- ‘दुईवटा ठूला दल एक ठाउँमा आउनु भनेको सत्ताका लागि मात्र होइन । देशको दूरगामी परिवर्तन र संकटबाट जोगाउनका लागि एक ठाउँमा आएका हौँ । हामी ०४८ सालदेखि प्रतिस्पर्धी दल हौँ । २०८४ मा एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुन्छ ।’

उनले भने, ‘संविधान संशोधन गर्नुपर्ने छ । कांग्रेस र एमाले मात्रै भएर संविधान संशोधन गर्न सम्भव छैन । राष्ट्रको हितका पक्षमा नेकपा (माओवादी केन्द्र), राप्रपा, रास्वपा लगायतका दलहरूसमेत एक ठाउँमा आउन जरूरी छ ।’ उनले १० वर्षमा संविधानलाई पूनरावलोकन गर्नुपर्ने बेला आइसकेकाले संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।

मन्त्री पाण्डेले लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा समानुपातिक, समावेशिता जस्ता कुराले संविधानलाई जीवन्त राख्ने काम भएको बताए । मन्त्री पाण्डेले संविधानलाई जीवन्त बनाउन कामकाजी हुनुपर्ने, संविधानसँग जोडिएका ऐन कानुन निर्माण गर्न जरूरी रहेको औँल्याए । त्यसैगरी उनले संस्कृति समाजको प्राण भएकाले समाजका विविध संस्कार संस्कृतिको जगर्ना गर्नुपर्नेमा जोड दिए ।