मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनोरञ्जन   

दयाहाङ र आँचल अभिनीत फिल्म ‘दुःखी आत्मा’को सुटिङ सुरू

दयाहाङ र आँचल अभिनीत फिल्म ‘दुःखी आत्मा’को सुटिङ सुरू


शेयर गर्नुहोस:

405
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । दयाहाङ राई र आँचल शर्मा अभिनीत फिल्म ‘दुःखी आत्मा’ को सुटिङ सुरू भएको छ । दीपेन्द्र लामाको लेखन, निर्देशन रहेको फिल्मको गत सोमबार अर्थात् २४ गतेबाट राजधानीका विभिन्न स्थानमा सुटिङ भइरहेको छ ।

सुटिङ सुरू भएसँगै ‘दुःखी आत्मा’ को सेटबाट दयाहाङ र आँचलको केही तस्बिर बाहिरिएको छ । हिमाल कडरिया निर्माता रहेको फिल्ममा दयाहाङ र आँचलका साथमा अनुपविक्रम शाही, बुद्धि तामाङ, पुस्कर गुरूङ, कविता आले, शिसिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधर, आरती आचार्य, निमा पाण्डे, इंगीहोपो कोइच सुनुवार, यासेली योङहाङलगायतले अभिनय गर्दैछन् ।

पूरा फिल्म काठमाडौँ उपत्यका सेरोफेरोमा खिचिने जानकारी निर्देशक लामाले दिएका छन् । निर्माता कडरियाले आफूहरुले फिल्म भरपुर मनोरञ्जक बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

निर्देशक लामा र निर्माता कडरियाले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । क्लक वर्क कृएसन्सको व्यानरमा रहेको ‘दुःखी आत्मा’ सोसियल कमेडी फिल्म हो । आलोक शुक्लाको छायाङ्कन, सुशान्त गौतमको सङ्गीत र रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्मको प्रोडक्शन म्यानेजर सुदीप ढकाल छन् ।

आरआर फिल्मसले वितरण गर्ने फिल्मको रिलिज मिति सुटिङ सकिएपछि मात्रै तय गरिने जानकारी निर्माता कडरियाले दिए ।

शेयर गर्नुहोस:

405
Shares