मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   
मनोरञ्जन   

‘भ्रष्टाचारको चपेटामा देश’ सार्वजनिक

‘भ्रष्टाचारको चपेटामा देश’ सार्वजनिक

हिमालय खबर

शेयर गर्नुहोस:

243
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । ‘भ्रष्टाचारको चपेटामा देश’ नामक म्यूजिक भिडियो सार्वजनिक भएको छ । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा हेम–सरिता पाठक फाउन्डेसन नेपाल शाखाले म्युजिक भिडियो सार्वजनिक गरेको हो ।

फाउन्डेसन लामो समयदेखि भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय छ । अभियानअन्तर्गत नै उक्त म्युजिक भिडियो बनाइएको फाउन्डेसनका संरक्षक सरिता पाठकले बताइन् ।

सो अवसरमा नेपाल सरकारका पूर्वमुख्यसचिव लीलादेवी गड्तौलाले भ्रष्टाचारविरुद्ध सबै एकजुट हुनुपर्ने धारणा राखिन् । हेम पाठकको रचना रहेको गीतमा कुन्ती मोक्तान र शिशिर योगीले स्वर दिएका छन् । साथै, बिबी अनुरागीको सङ्गीत रहेको गीतको म्युजिक भिडियोको निर्देशन सुदन केसीले गरेका छन् ।

कलाकार मदनकृष्ण श्रेष्ठले भ्रष्टाचार गर्नेलाई सामाजिक रुपमै बहिस्कार गर्नुपर्ने बताए । कलाकार किरण केसीले भ्रष्टाचार गर्नेलाई कुनै पनि प्रतिष्ठानमा राख्न नहुने धारणा व्यक्त गरे ।

प्राडा सुरेन्द्र केसीले भ्रष्टचार निर्मुल गर्न नीतिगत सुधार ल्याउन आवश्यक रहेको बताए । नेता रवीन्द्र मिश्रले भ्रष्टाचारलाई जरैदेखि उखेल्न नागरिक सचेत हुन जरूरी रहेको बताए । #गीतको लिंक हेर्न यहाँ थिच्नुहोस् ।