मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोलोराडो   
मुख्य समाचार   

कोलोराडोमा सामुहिक पुजा नाचगानका साथ तिज सम्पन्न

कोलोराडोमा सामुहिक पुजा नाचगानका साथ तिज सम्पन्न

नातिबाबु भट्ट

शेयर गर्नुहोस:

837
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो अमेरीका- नारीहरुको महान चाड तीजको पावन अवसरमा कोलोराडो निवासी महिला दिदी बहिनीहरु एकै ठाउमा भेला भई सामुहिक तीज पुजा लगाउदै तिज मनाएका छन् ।

नेपाली सांस्कृतिक केन्द्र नेपाली घर, सनातन मन्दिर ब्राइटन, हिन्दु सनातन मन्दिर डेनभर, सनातन मंन्दिर सेन्टेनियल लगायतका स्थानमा आरध्य देव शिव र पार्वतीको पुजा, आरधाना तथा नाचगान गर्दै भव्यताका साथ तिज मनाइएका हुन् ।

कोलोराडोमा सकृय संस्था सिष्टर्स ग्रुप दिदी बहिनी समुह कोलोराडोको आयोजनामा महिला दिदी बहिनीहरु नेपाली सांस्कृती केन्द्र नेपाली घरमा जम्मा भई बिधी पुर्वक शिव पार्वतीको आरधना तथा नाचगान गर्दै तिज मनाएका हुन् ।
तीजको पुजा लगाउन चाहने दिदी बहिनीहरुलाइ सरल र सहज रुपमा पुजामा सहभागी गराउन सकियोस र नेपाली सांस्कृतीक केन्द्र भवन हामी सबैको साझा हो भन्ने भावनाको बिकास गर्न सकियोस् भन्ने उद्धेश्यले सांस्कृतीक केन्द्रमा सामुहिक पुजाको आयोजना गरिएको सिष्टर्स ग्रुप दिदी बहिनी समुह कोलोराडो अध्यक्ष धन पौडेले बताएकी छिन् ।

बिहान ९ बजे देखी दिउसो ३ बजे सम्म संचालित पुजा पंण्डीत चिरिन्जीवी पौडेलले हिन्दु धर्म संस्कृती अनुसार संचालन गरेका थिए । तीज पुजा सफलताका साथ सम्पन्न गराउन नेपाली घर, रकी माउन्टेण्ड फ्रेण्डस अफ नेपाल, सिष्टर्स ग्रुप दिदी बहिनी समुह कोलोराडोका लगायत संघ संस्थाका पदाधिकारीहरु भोलेन्टिरका रुपमा कार्यक्रम स्थलमा खटेका थिए ।

कार्यक्रममा सिष्टर्स ग्रुप दिदी बहिनी समुह कोलोराडोका उपाध्यक्ष तथा समाजसेवी शान्ति भुषालले उपस्थित दिदी बहिनीहरुलाई स्वागत गरेकी थिईन । सोही समारोहमा उनले गत एकादशीमा तुलसीको बिरुवा बितरणबाट सहयोग स्वरुप संकलित ६ सय डलर नेपाली सांस्कृतीक केन्द्र नेपाली घरको सहयोगार्थ नेपाली घरका अध्यक्ष बसन्त लंस्साललाई हस्तान्तरण गरी यदी भित्री मन देखी सहयोग गर्ने चाहना भए बिभिन्न माध्यमबाट सहयोग संकलन गर्न सकिन्छ भन्ने राम्रो उदाहरण प्रश्तुत गरेकी छिन् । त्यस्तै तिजपुजामा सहभागी दिदी बहिनीबाट सौभाग्यका सामग्री लगायतका सामान प्रयोग गरेबापत सहयोग स्वरूप संकलन गरिएको रकमबाट खर्च कटाएर बांकी रहेको रकम नेपाली सांस्कृतीकलाइ हस्तान्तरण गरिने योजना रहेको अध्यक्ष पौडेलले बताएकी छन् ।

त्यसैगरी नेपाली घरका अध्यक्ष बसन्त लंम्सालले यो नेपाली सांस्कृतिक केन्द्र तपाई हामी सबैको साझा सम्पत्ती भन्दै कार्यक्रममा उपस्थित भई तिजपुजा सम्पन्न गरेकोमा सबै दिदी बहिनीहरुलाइ तिजको शुभकामना संगै धन्यवाद दिएका थिए । उनले यस केन्द्रलाई पुर्ण रुपमा संचालनमा ल्याई निरन्तरता दिन सबैको सहयोग आवश्यक भएकोले उपस्थित सबै दिदी बहिनीहरुलाइ यथासक्य सहयोग गरी यस महाअभियानमा जोडिन अनुरोध गरेका थिए ।