मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

उपमेयर सुनिताले गरिन् बालेनको कार्यशैलीको आलोचना

उपमेयर सुनिताले गरिन् बालेनको कार्यशैलीको आलोचना


शेयर गर्नुहोस:

810
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाएकी छिन् ।

मंगलबार बसेको कार्यपालिकाको बैठकमा उपमेयर डंगोलले बालेनले एकलौटी निर्णय गर्ने गरेको र सिंगो महानगरनै विवादमा परिरहेको भन्दै उनको कार्यशैलीप्रति उनकै अगाडि असन्तुष्टि पोखेकी हुन्।

कार्यपालिका बैठकमा डंगोलले भनिन्, ‘महानगरले जारी गरेको सूचनामा प्रमुखस्तरीय निर्णयअनुसार सूचना प्रकाशित गरिएको छ भनेर लेखिएको छ । प्रमुखस्तरीय निर्णयअनुसार सूचना प्रकाशित गरिएको छ भनेपछि महानगरपालिका सबैको निर्णय हो कि होइन भन्ने कुरा आउँछ ।’

यस्तो संवेदनशील विषयमा बोर्ड बैठक बसेर छलफल नगरी मेयरस्तरीय निर्णय भनेर सूचनागएको भन्दै डंगोलले आफूसहित जनप्रतिनिधिहरुले सूचनाबाट नै सो बारेमा जानकारी पाएको बताएकी थिइन् । उनले सुरूमा छलफल गरेर निर्णय नगर्दा महानगरका धेरैजसो निर्णय लागू हुन नसकेको र संशोधन गर्नुपरेको बताइन् ।

साथै, डंगोलले महानगरको आर्थिक ऐनमा सहमति भएकोभन्दा फरक सर्कुलर गरिएको भन्दै आपत्ति जनाएकी छन् । उनले सो ऐन कार्यसमितिले पारित गरेमा आफूलाई मान्य नहुने बताएकी थिइन् ।

शेयर गर्नुहोस:

810
Shares