मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनोरञ्जन   

शाहरुख बलिउडमा सबैभन्दा धनी, शीर्ष पाँचमा को को छन् ?

शाहरुख बलिउडमा सबैभन्दा धनी, शीर्ष पाँचमा को को छन् ?

हिमालय खबर

शेयर गर्नुहोस:

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । बलिउडमा शाहरुख खान सबैभन्दा बढी धनी कलाकारको रुपमा अगाडि रहेका छन् । शुक्रबार सार्वजनिक भएको हुरुन इण्डिया रिच लिष्टमा समेत शाहरुख खानले इन्ट्री गरेका छन् ।

जसअनुसार शाहरुख खानको अहिलेको सम्पत्ति कुल ७३ सय करोड रहेको छ । शाहरुखले अभिनयबाट कमाउनेबाहेक उनको फिल्म प्रोडक्सन कम्पनी रेड चिलिज रहेको छ भने आइपिएल टिम कोलकोता नाइट राइडर्ससमेत रहेको छ ।

त्यस्तै, बलिवुडमा शाहरुख खानपछि उनकै विजिनेस पार्टनरसमेत रहेकी अभिनेत्री जुही चावलाको ४६ सय करोडको सम्पत्ति रहेको छ । जुही चावलाको शाहरुख खानसँग रेड चिलिज र कोलकोता नाइट राइडर्स दुवैमा साझेदारी रहेको छ ।

त्यसपछि बलिवुड अभिनेता ऋतिक रोशन तेस्रो स्थानमा रहेका छन् । ऋतिकको कुल सम्पत्ति कुल २ हजार करोड रहेको छ । ऋतिकपछि चौथो नम्बरमा महानायक अमिताभ बच्चन रहेका छन् । अमिताभ बच्चनको कुल सम्पत्ति १६ सय करोड रहेको पछिल्लो रिपोर्टमा उल्लेख छ । अमिताभ बच्चनको अभिनय बाहेक थुप्रै कम्पनीहरुमा रणनीतिक लगानी रहेको छ ।

त्यस्तै, पाँचौँ स्थानमा बलिउडका निर्माता एवं निर्देशक करण जोहर रहेका छन् । करणको कुल सम्पत्ति १४ सय करोड रहेको छ । करण जोहरको मुख्य कमाई फिल्म निर्माण कम्पनी धर्मा प्रोडक्सन रहेको छ ।